Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेका लागि साधारण सभा डाकेको हो ।
उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव र यसक्रममा आवश्यक पर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यसअघि जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल