Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीआईपी काण्डमा भीआईपी अनुसन्धान

काठमाडौं । प्रतिनिधिसभाको सभामुख (राजीनामा दिएका) कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै लिडिङमा अनुसन्धान शुरु भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदी प्रत्यक्ष जोडिएर अनुसन्धान टिमलाई सघाइरहेका जनाइएको छ ।
विशिष्ट व्यक्तिमाथि नै आरोप लागेको घटना भएकाले आईजी (महानिरीक्षक) आफैंले अनुसन्धानको लिडिङ गरिरहनुभएको स्रोतले बताएको छ । महरामाथि लागेको यौन दुराचारको आरोपबारे अनुसन्धान शुरु भइसकेको छ । यसमा महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरका अधिकृतको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको थियो ।
अनुसन्धान टोलीले घटनास्थलबाट रक्सीका बोत्तल, रक्सी पिउन प्रयोग भएका गिलास, चस्माको सिसालगायतका सबूत प्रमाण संकलन गरेको जनाइएको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल