Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुक्तानीका लागि ठिक्क पारिएका ४० योजनाका फायल हर्क साम्पाङले उठाए

विराटनगर । अनुगमन सम्पन्न भएर भुक्तानीका लागि लेखा शाखामा पुगेका फाइल नगर प्रमुख हर्क साम्पाङले लगेपछि धरानमा उपभोक्ताहरू र ठेक्कामा लागेको योजनाको भुक्तानीमा समस्या भएको छ । नगरप्रमुख हर्क साम्पाङले ४० भन्दा बढी योजनाको फाइल फरफारक गर्ने समयमा लगेका हुन् । धरान उपमहानगर पालिका लेखा शाखाका अनुसार १० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने फाइल साम्पाङले लगेपछि भुक्तानीमा समस्या भएको छ । धरानमा उपप्रमुख आइन्द्र विक्रम बेघाले अनुगमन गरी सकेर भुक्तानी पक्रियामा गएका फाइल नगरप्रमुख साम्पाङले लेखा शाखाबाट उठाएर असार १६ गते उठाएर लगेका हुन् । उपप्रमुख बेघाले मेयर अपहरण शैलीमा मेयरले असार १६ गते लेखा शाखाबाट फाइल खोसेर लगेको बताए । उनले भने, उक्त फायलहरू योजना सम्पन्न भई लेखा प्रक्रिया पुरा गरी भुक्तानी गर्ने बेलामा लेखा शाखाबाट प्रमुख साम्पाङले ‘अपहरण’ शैलीमा लानुभएको छ । मेयर फाइल लगेपछि भुक्तानी प्रक्रिया रोकिएको छ । नगरप्रमुखले सङ्घ, प्रदेशको सशर्त अनुदान, समपूरक अनुदान र सडक बोर्ड सँग सम्बन्धित योजनाको फाइले खोसेर आफैसँग राखेका छन् । धरानमा श्रमदानका नाममा उपभोक्ता समिति बनाएर फरफारकको लागि बिल आएपछि मेयर र उपमेयरका बिचमा विवाद उत्पन्न भएको छ । श्रमदानको नाममा सरोकारवाला भन्दा बाहिरका व्यक्तिहरूको उपभोक्ता समिति बनाएर बिल आएपछि उपप्रमुखले अनुगमन गर्न नमानेपछि मेयर साम्पाङका समर्थकहरूले उपमेयर बेघामाथि हातपातको प्रयास गरेको थिए । सो विवादपछि मेयर साम्पाङले धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् । मेयरले सोधेको स्पष्टीकरणको जवाफ चौलागाईँले दिएका छैनन् ।
धरान उपमहानगरपालिकामा रहेका बहुमत कार्यपालिका सदस्यले मेयरले खोसेर लगेका फाइलको फरफारक हुनुपर्ने माग राख्दै मेयर सामु ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघासहित २९ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङलाई कार्यकक्षमा लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख साम्पाङले फायल हेर्ने अधिकार आफ्नो पनि भएको बताए । उनले भने, मैले पनि फायल हेर्न पाउनु पर्छ । भुक्तानी दिने अधिकार नगरप्रमुख र उपप्रमुख सहित कुनै पनि जनप्रतिनिधिको होइन । उनले भुक्तानी दिने भए सबैको दिनु पर्ने बताए । उनले भने, ‘धरान १६ को फायल प्रमुख प्रशासकीय अधिकृतले किन रोक्यो रु त्यसको जवाफ चाहियो मलाई । धरान १६ मा रहेको बहुभाषिक पाठशालामा खोलाले कटान गरिरहेको बेला श्रमदान गरी उपभोक्ता समिति मार्फत बिल र भरपाई लगिएको थियो । प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको र उत्तर दिएपछि मात्रै भुक्तानीको पक्रिया अगाडि बढ्ने बताए । धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले प्रक्रिया पुगेर आएका फाइमा मात्रै भुक्तानी गर्न तोक लगाउने बताए ।