Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भुटानको अनुदान खोप नेपाल आइपुग्यो

काठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो। खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ। भुटानले दिएको खोप नेपाललाई पैंचो हो कि अनुदान भन्ने खुलेको छैन। भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ। कुन–कुन जिल्लामा पठाउने भनेर अहिले परिवार कल्याण शाखाले तयारी गर्दैछ।
क्षेत्रफलका हिसाबले नेपालभन्दा सानो र झन्डै साढे सात लाखमात्र जनसंख्या भएको हिमाली मुलुक भुटानले नेपाललाई कसरी खोप दिन लाग्यो भनेर धेरैलाई अचम्म लागेको छ। जुन स्वभाविक पनि हो किनकि भुटान न त आफैं खोप उत्पादन गर्ने मुलुक हो न त विभिन्न कम्पनीबाट खोप किनेर थुपार्न सक्ने धनी र प्रभावशाली देश। पश्चिम युरोप र उत्तर अमेरिकाका देशहरूलाई विभिन्न कारणले खोप लगाउन हम्मेहम्मे परिरहेका बेला भुटानले आफ्ना खोप लगाउन मिल्ने झन्डै ९५ प्रतिशत मानिसलाई खोप दिइसकेको छ। भुटानले यो खोप आफैं किनेको होइन, मित्र राष्ट्र र विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत् अनुदानमा पाएको हो। द वासिङ्टन पोस्टका अनुसार भुटानले बुद्ध भिक्षुहरूलाई देखाएर खोप कार्यक्रमको सुरूआत गर्ने दिन छानेको थियो। भारतले गत जनवरीमा नै भुटानलाई १ लाख ५० हजार डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। खोप आउनासाथ भुटानले लगाउन सुरू गरेन। मार्च २६ सम्म कुर्‍यो। उक्त दिन बाँदर वर्षमा जन्मिएकी महिलालाई सोही वर्ष जन्मिएकी नर्सले खोप लगाइदिइन्। कोरोनाविरूद्धको पहिलो खोप लगाउँदा बुद्ध भिक्षुहरूले मन्त्रोच्चारण गरेका थिए। भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियान सुरू भएको दुई साता नबित्दै १८ देखि १०४ वर्षसम्मका ४ लाख ७२ हजार मानिसलाई खोप लगाइयो। यो बीचमा भुटानले भारत, अमेरिका र डेनमार्कजस्ता मुलुकबाट अनुदानमा खोप पायो।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल