Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूमिसम्बन्धी अध्यादेशमा मेयर बालेनको असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । सँधैजस्तो सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आफ्नो स्टाटसमा बालेनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले हात मिलाएको तस्विर समेत राखेका छन् । अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएको उनको कटाक्षपूर्ण टिप्पणी छ । बालेनले लेखेका छन्, अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ मन्त्रीपरिषदले तीन दिन अगाडि राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिले सो अध्यादेश तीन दिन रोकेर आज प्रमाणीकरण गरेका छन् । यसलगत्तै बालेनको स्टाटस आएको हो ।