Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भृकुटीमण्डपको यस्तो छ सुरक्षा व्यवस्था

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ । उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी भइरहेका कारण ८ बजे शुरू हुने पूर्व तालिकामा सामान्य ढिलाई हुन लागेको हो । बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ । एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको छ । सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ । महाधिवेशनका कारण सार्वजनिक सडक अवरोध नहुने भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपभित्र छिर्न बाहेक कुनै किसिमको सडक अवरोध छैन । महाधिवेशनका सहभागीका सवारीसाधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको उनले बताए । केन्द्रीय समिति बैठक बस्ने भएकाले बन्द सत्र केही विलम्ब हुने भएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल