Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भैंसी पुज्ने प्रचण्डको गैर जिम्मेवार अभिव्यक्ति

  • अर्जुन ज्ञवाली

हिन्दू धर्म संस्कृतिअनुसार भैंसीलाई यमराजको बहानको रूपमा मानिन्छ । यो बिम्ब हो । १७ हजार भन्दा बढीको रगत खाएका, ५ हजार भन्दा बढी बेपत्ता, लाखौं घाइते, अपाङ्गताको बीचमा भारत र युरोपियन क्रिश्चियहरूको ट्रोजन हर्सको रूपमा उदय भएको माओवादी र यसका आजीवन अध्यक्ष प्रचण्डले यमराजको बहान भैंसीको पूजा गरेका थिए । ततपश्चात् सीता दाहालको स्वास्थ्य स्थिति नाजुक हुँदै गएपछि उनी म्याग्दीको गलेश्वर महादेव र तातोपानीसम्म पुगेका थिए । बाहिर जतिसुकै धर्म विरोधी नारा दिए पनि उनको रगत यमराजको बहानकै रूपमा हिन्दू संस्कृतिअनुसार नै रहेको छ । गतहप्ता उनले यहाँ ३३ कोटी देवता पुज्ने चलन छ, मान्छे पुँजीदैन भनेर विम्बात्मक रूपमा हिन्दू धर्म संस्कृतिमाथि प्रहार गरेका थिए । यो उनको युरोपियन क्रिश्चियनहरूको ट्रोजन हर्स बनेको बाध्यात्मक अभिव्यक्ति होला । यदि उनलाई हिन्दू धर्म संस्कृतिमाथि विश्वास थिएन भने भैंसी पूजादेखि आफ्नी श्रीमती सीता दाहालको गलेश्वर महादेवको मन्दिरदेखि तातोपानीसम्मको यात्रा किन ?
हिन्दू धर्म संस्कृतिअनुसार, नाद ध्वनीका विभिन्न ब्रम्हाण्डी आयामहरू हुन्छन् । त्यो चेतनमा पनि हुन्छ र जडमा पनि हुन्छ । विज्ञानको भाषामा चेतनलाई सजिव भनिन्छ भने जडलाई निर्जिव । तर, नाद ध्वनी चेतनमा पनि हुन्छ र जडमा पनि हुन्छ । जस्तो, दुईवटा पत्थर ढुंगाहरू ठोक्किँदा विशाल आवाज आउँछ, त्यो नाद ध्वनि हो । त्यही दुईवटा पत्थरको टकरावबाट पञ्चतत्वमध्येको अग्नि (आगो) उत्पन्न हुन्छ । यसकारण प्राण प्रतिष्ठा गरिएका मूर्तिहरूलाई विम्बका रूपमा पुज्ने गरिन्छ । विशेष गरेर आध्यात्मिक चेतनामा साधनामार्फत् उच्च अवस्थामा रहेकाहरूका लागि मूर्ति पूजा होइन । जो मानिस अर्थात् प्राणीहरू आध्यात्मिक शाधनामार्फत् ज्ञान, ध्यान र योगमार्फत् उच्च अवस्थामा पुगेका छैनन् उनीहरूको शान्ति र एकाग्रताका लागि मूर्तिपूजा विम्बको रुमपा स्थापित गरिएको हो । यो कुरालाई आधुनिक वैज्ञानिकहरूले पनि स्वीकार्न बाध्य भएका छन् । अल्प बुद्धि भयंकरम् आधा बुझेकाहरू खतरनाक हुन्छन् प्रचण्डको यो अभिव्यक्ति पनि त्यही अर्ध बुझाई हो । प्रचण्ड जस्ता यमराजका बहान भैंसी पुज्ने र त्यही भैंसी पुज्नेलाई महान क्रान्तिकारी देख्ने तथाकथित माओवादी या परिवर्तनकामी भन्नेहरूले विज्ञानका विद्यार्थी एलोपेथिक डाक्टर खप्तडबाबाको जिवनी, दर्शन, विचार विज्ञान र धर्म विज्ञान, योगी नरहरिनाथको वैदिक साम्यावद लगायतका आध्यात्मिक दर्शन र इतिहासका पुस्तकहरू गहिरिएर अध्ययन गर्दा हुन्छ ।
युद्धकालमा एक हातमा बन्दुक, अर्को हातमा बाइबल बोकेर क्रियापुत्रीहरूदेखि मन्दिरका पुजारी, शिक्षक, सर्वसाधारण नागरिकहरूमाथि आक्रमण गर्दै हिँडेका तथाकथित जंगली हिंस्रक माओवादीहरूले घटाएका घटनाहरू इतिहासमा सुरक्षित छन् । आध्यात्मिक चेतना र त्यसभित्रको दर्शन, ज्ञान र साधना यति गहिरो छ कि त्यो दुई चार जना तथाकथित पश्चिमी मिशनका गिरोहहरूले हल्लाएर हल्लिँदैन । हो, एक छिनलाई ओझेलमा पार्न सक्छन्, इतिहासमा प्रचण्ड जस्ता आततायीहरू धेरै नै जन्मिए र समाप्त भए । चाहे, मुगरहरूको इतिहास होस्, विसौं करोड हत्या गरेर क्रुसेडर्स मार्फत् पश्चिममा चलाइएको क्रिश्चियनहरूले गराएको हत्याको इतिहास होस् । त्यो हामी सबैका सामु छर्लङ्ग छ । यो अवस्थामा पुष्पकमल दाहाल जस्ता कम्युनिष्ट आवरणका क्रिश्चियन मिशनरीका क्रुसेडर्स अपराधीहरूको हमलाले हिन्दू धर्म संस्कृति झन् पछि झन् बलियो बन्दै गइरहेको छ । जनमानसमा आफ्नो परम्परा र संस्कृतिमाथि पुनर्जागरण शुरु भएको छ । यसैको कारण तथाकथित माओवादी हिंस्रक जत्था मृत्युको अन्तिम घडीमा छटपटाइरहेको छ । कहिले एमालेसँग त कहिले काँग्रेससँग टाङमुनि छिरेर आफ्नो अस्तित्व जोगाउनका लागि छटपटाइरहेको अवस्थामा पनि चेत नखुल्नु माओवादीको विघटनको यात्रा नै हो ।
नेपाल क्षेत्रफलको हिसाव कितावले सानो जस्तो देखिए पनि धर्म, संस्कृतिको हिसाव कितावले यो संसारकै सबैभन्दा पवित्र भूमि हो । हिन्दू, बौद्ध, दुवै धर्म र संस्कृतिको केन्द्र हो । पशुपतिनाथ, गोरखनाथ, मत्स्येन्द्रनाथ, भैरवनाथ, चन्दननाथ, बौद्धनाथ, लुम्बिनीले हिन्दू तथा बौद्ध दुवै धर्म, संस्कृति र परम्पराको नेतृत्व गरिरहेको छ । यो नेपालका हिन्दू, बौद्ध धर्मावलम्बीहरूको मात्र होइन संसारभरिका हिन्दू, बौद्ध धर्मावलम्बीहरूको केन्द्र हो । त्यतिमात्र होइन, इतिहास र वर्तमानलाई गहिराईमा हेर्ने हो भने नेपालका मुसलमानहरूले भगवान शिवका अवतार मानिने गोरखनाथलाई पिरको रूपमा पूजा गर्ने गर्दछन् । नवलपरासीको दाउन्नेमा रहेको मदरनाथ मन्दिरमा हिन्दू, मुसलमान दुवै पुजारी छन् । ललितपुरको मत्स्येन्द्रनाथ मन्दिर जसलाई संसारभरका बौद्धहरूले आर्यअवलोकेतेश्वरको रूपमा पूजा गर्दछन् भने हिन्दूहरू गुरु गोरखनाथका गुरु शिव अवतारको रूपमा पुज्ने गर्दछन् । जसले संसारभरका हिन्दू र बौद्धहरूलाई एक सुत्रमा बाँधेको छ । पुष्पकमल दाहाल जस्ता गाई काटेर खाने यमराजका बहान भैंसी पूजा गर्नेलाई यो कुराको जानकारी नहुन सक्छ । तथाकथित प्रगतिशिल लेखक भनिने नरपशुहरूलाई त यो कुराको ज्ञान नै छैन । त्यसैले यस्ता अल्प बुद्धि भएकाहरूले दिएको अभिव्यक्ति न त कुनै औचित्य छ न त त्यसको कुनै अर्थ नै छ । सबैलाई चेतना भया ।