Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोको पेटले आँखा छल्दा रामधुलाई

काठमाडौं । जात्रा चलाउने नाममा जम्मा भएका युवाहरुले एक निहत्था ट्राफिकलाई मरणासन्न हुने गरी राजधानीकै पुल्चोकमा कुटपिट गरे । यो घटनाले जात्रामा उपस्थित धार्मिक समुदायकै बदनाम भयो । त्यो दुर्घटना थियो कि नियोजित रुपमा धार्मिक सद्भाव खलबल्याउने षड्यन्त्र थियो त्यो त भोलिका दिनमा समातिएका व्यक्तिहरुबाट खुल्दै जाला । जे भयो त्यो घटना दुःखद हो । ड्युटिमा रहेका एक निहत्था राष्ट्रसेवकमाटि सिंगो खनिँदा त्यहाँ मानवीयता हरायो । भाग्यले उनी बाँचे । अहिले उनी अस्पतालमा उपचार गरिरहेका छन् ।

त्यसो त कानुन कार्यान्वयन गर्ने तहमा रहेको जिम्मेवार र अनुशासित शक्तिका रुपमा रहेका तीन सुरक्षा अंगहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामध्ये सडकमा परिचालित भएको शक्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी नै हो । तर, यतिखेर महानगरपालिका फोरमले सशस्त्र र नेपाल प्रहरीको सुरक्षा तैनाथीमाथि कमजोरी देखाउँदै नेपाली सेनामा उपत्यका प्रवेश गर्ने नाकाहरुमा खडा गर्ने आवाज उठाइरहेका छन् । यद्यपि यो निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छैन । लगातारको लकडाउन र अहिले जारी निषेधाज्ञापछि धेरै मासिन भोको पेटको पीडाले सडकमा निस्कन बाध्य छन् । उनीहरुलाई रोगको प्रवाह भन्दा पनि आफ्ना बालबच्चाको भोेको पेटले सताइरहेको छ । त्यही भोको पेटलाई चारो खोज्न सडकमा सुरक्षाकर्मीको आँखा छल्दै तरकारी तथा फलफुल लिएर बस्ने मानिसको संख्या बढ्दै गएको छ ।

उनीहरुको यो कार्यलाई राज्यले अपराध ठानेको छ । तर भोको पेट बस्न नसक्ने बाध्यतालाई दुई तिहाई कम्युनिष्ट सरकारले चासो दिएको छैन । भातै खानका लागि काम गर्नु नपर्ने घोषणा गर्ने व्यक्ति देशको कार्यकारी प्रमुख भएर बस्दा आज भक्तपुरबाट हिँडेर रत्नपार्क आएर लाइन लागेर भात खानेको संख्या बढ्दै छ । यो उनीहरुको रहर होइन । तर सरकारले ती भोका पेटहरुलाई कहिल्यै देख्दैन । देख्छ त केबल सरकारको विरोध गरेको मात्र । यी कुरा औल्याउने व्यक्ति, संस्था वा मिडियामाथि देशद्रोहीको जस्तो व्यवहार गरिएको छ । जनताको जीउधनको सुरक्षा गर्ने र संक्रमण नफैलियोस् भनेर सडकमा तैनाथ भएका सुरक्षाकर्मीको काम तीन भोका पेटमाथि लाठी बजार्ने मात्रै हो कि जस्तो देखिन थालेको छ । प्रहरीलाई पनि सहज पक्कै छैन । महामारीले ग्रस्त बनेको सुरक्षा अंगभित्रैका उनीहरुलाई रोगसँग बच्नु छ । तर त्यसो भन्दै राज्यको एउटा जिम्मेवार निकायले गरिबीमाथि लाठी बर्षाउनु अपराध हो ।

अहिले सडकमा गुजारा खोज्दै निस्कने निमुखा नागरिकमाथि भएको दमनले राज्यमाथि नै प्रश्न उठ्न थालेको छ । प्रहरी एउटा निहिर नागरिकमाथि यसरी खनिन्छ कि त्यहाँ मानवीयता भन्ने नै छैन । वृद्ध, महिला, बालबालिकालाई समेत प्रहरी प्रशासनले गरेको व्यवहार मानवअधिकारको समेत हनन गरेको छ । विभिन्न सामाजिक सञ्जालहरुले प्रहरीले नागरिकमाथि गरेको कुटपिटलाई समाज समक्ष पेश गरिरहेका छन् । यो दृश्य प्रहरीका हाकिमहरुले पनि देखेका होलान्, खानकै लागि काम नगर्दा पनि हुन्छ भन्ने प्रधानमन्त्रीज्यूको नजर प्रहरीको आँखा छल्नै भोको पेट भर्न खोज्नेहरुमाथि कहिले पर्ला ? सांकेतिक फाइल तस्बिर