Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आएको छ। चीनको तिब्बत क्षेत्रमा बनेको कृत्रिम ताल फुटेपछि नदीमा पुनः बाढी आएको हो।
बाढी स्याप्रुबेसीसम्म आइपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। बाढीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै मुग्लिनसम्मका नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।
यसअघि पनि भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। पुनः बाढी सुरु भएपछि उद्धार तथा राहत कार्यमा समेत चुनौती थपिन सक्ने देखिएको छ।
बाढीको अवस्था र नदीको बहाव निरन्तर निगरानीमा रहेको महाशाखाले जनाएको छ।
२०८३ भाद्र १३
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल
२०८३ भाद्र १३
ताजा नेपाल