Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि नेकपाको काठमाडौंमा शक्ति प्रदर्शन, यस्तो छ तयारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान गरेको नेता प्रकाश ज्वालाले बताए। सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन नेकपाले निर्देशन दिएको छ। बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ। नेता हिमाल शर्माले बाग्मती स्तरीय एकता सन्देश सभाका लागि काठमाडौं उपत्यकाभरबाट व्यापक जनसहभागिता सुनिश्चित गरिएको बताए। उनका अनुसार काठमाडौंको पश्चिम भेगअन्तर्गत नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिका तथा क्षेत्र नं. ८, ९ र १० बाट आउने जनसमुदाय, चितवन र धादिङबाट नागढुंगा नाका हुँदै आउने सहभागी तथा मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा जम्मा हुनेछन्। ललितपुरबाट कुपन्डोलमा भेला भई थापाथली र त्रिपुरेश्वर हुँदै आउने जुलुस पनि सोही समयमा सुन्धारामा पुग्ने र त्यसपछि रत्नपार्क–विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्ने उनले बताए। त्यसैगरी काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा, महानगरका क्षेत्र नं ५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने जनसमुदाय बिहान ११ बजे रत्नपार्कमा जम्मा भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप जानेछन्। बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र महानगरका क्षेत्र नं ३, ४ र ५ बाट आउने सहभागीहरू डिल्लीबजार चारखालमा बिहान ११ बजे भेला भई शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ लाग्ने शर्माले बताए। काठमाडौं महानगरका क्षेत्र नं १ र २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बबरमहलमा बिहान ११ बजे जम्मा भई भद्रकाली चोकबाट भृकुटीमण्डप जानेछन्। विभिन्न स्थानबाट र्‍यालीसहित आएका जुलुसहरू आकारमा तयार पारिएको मञ्चका तीन वटै क्षेत्र रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फबाट तोकिएका स्थानमा व्यवस्थित रूपमा बस्ने उनले बताए। जुलुस ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टामा सम्पन्न हुने उनले बताए। विभिन्न १६ कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले प्रदेशस्तरीय सन्देशसभा गरिरहेको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल