Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि मध्यरातदेखि काठमाडौंमा निषेधाज्ञा, के के गर्न पाइन्छ ?

काठमाडौंं । काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह बन्न थालेपछि भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भोलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।

के के गर्न पाइन्छ ?
निर्णयअनुसार औषधि खाद्यबस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति गरबाट निस्कन पाउने छैन । यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासय सञ्चालनमा रोक लगाइनेछ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रवेश गर्ने सवारीसाधनबाहेक उपत्यकाभित्र सवारीसाधन प्रवेश निषेध गरिएको छ । यस्तै कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवाभनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि साढे ५ बजेसम्म आवागमन गर्नेबाहेकको समयमा सवारी साधन सञ्चालन गर्न दिइने छैन ।

निर्णयअनुसार औषधि, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ । दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।
फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुँरा सञ्चालन गर्न पनि पाइने छैन । बैकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।
यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्र्फम हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिने पनि निर्णयमा उल्लेख छ ।