Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिबाट उपत्यकामा के के गर्न पाइन्छ ?

काठमाडौं । कोरोना कहलले उपत्यकालाई गाँजेपछि तीन जिल्लाका सिडिओहरुको बैठकले भाद्र ३ गतेदेखि ७ दिनका लागि उपत्यकालाई पूर्ण ठप्प गर्ने तयारी गरेका छन् । यस पटकको निषेधाज्ञा निकै कडीकडाउका साथ लागू गर्ने तयारी भइरहेको छ । आज राति १२ बजेबाट काठमाडौं उपत्यकामा पूरै ठप्प हुने भएको छ । तीन सिडिओ सम्मिलित बैठकको निर्णयअनुसार औषधि खाद्यबस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन । यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासय सञ्चालनमा रोक लगाइनेछ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रवेश गर्ने सवारीसाधनबाहेक उपत्यकाभित्र सवारीसाधन प्रवेश निर्णयअनुसार औषधि, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने जस्ता अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ । दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । प्रशासनको निर्देशन अवज्ञा गर्नेलाई पाँच सय रुपैयाँ जरिवानादेखि १ वर्ष जेल सजयाँ सम्मको व्यवस्था गरिएका कारण पनि यस पटकको निषेधाज्ञा अलि कडा हुने अनुमान गरिएको छ ।