Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुखले सिंहदरबारको अधिकार गाउँ पुग्यो भने पनि व्यवहारमा भने केन्द्रीकृत सत्ता नै देशले सहेको छ । संघीय शासनलाई देश र जनताको हितमा प्रयोग गर्न नेताले चाहेका छैनन् । काँग्रेस भन्दा कम्युनिष्टहरू भ्रष्टाचार विरोधी, प्रगति प्रेमी हुन्छन् भन्ने माक्र्सवादी शिक्षा अहिले खरानी बनाइएको छ । मिलिजुली देश लुट्नेकै संख्या बढेको छ । त्यो प्रवृत्तिको शिकार नेता भएका छन् । भ्रष्ट, तस्कर, माफिया र दलालहरू नेताको चोटा र कोटामा पुगेर काम पट्याएका हुन्छन् । तर, जनताले नेता भेट्दैन, गरिबको सहारा बन्न वामपन्थी शक्ति सफल भएनन् । दम्ब, अहंकार, अपमान र द्वेष फैलाएर धन आर्जनलाई सफल शास्त्रीय चेत मान्नु पर्ने भएको छ । जुन संस्था जे कामको लागि स्थापना भयो त्यसले आफ्नो क्षेत्र तोडेको छ । शिक्षामा राजनीतिकरण, प्रोफेसर, डाक्टर, कर्मचारी, मजदूर, वकिल, पत्रकार मात्र होइन निष्पक्ष हुनुपर्ने अदालत र न्यायाधीशले समेत विद्यार्थी कालको त्यो सम्बन्धलाई ल्याएर निर्णय गर्छ । फैसला सुनाउँछ । रोगीको उपचार गर्ने चिकित्सक दलको भएपछि त्यसले त्यो संस्थाको कहाँ कस्तो सुधार गर्ला ? देश गणतन्त्रमा गयो, ७५३ स्थानीय तहका जनताले चुनेका तीनले राज्य दोहन गरेकै छन् । जोगी बन्न राजनीति गरिँदैन भन्नेले पार्टी हाँक्दा जनताको सेवा कस्तो गरे ? आर्थिक बेरुजु बढाउने काम तिनैले गरे । जसले पहुँचका आधारमा बजेट लगेर समयमा बिल फस्र्योट नगरी प्रदेश, स्थानीय तह र संघीय सरकारलाई बदनाम बनाएका छन् ।
उठाउन बाँकी बक्यौता जोडेर नाफाको गणना गर्ने विद्युत प्राधिकरण, व्यापारबाट कमाएको नाफाबाट लिने कर नतिर्ने एनसेल, ठूला आयोजनाको खर्च सरलीकरण नगर्ने सरकार, भ्रष्टाचारको उजुरीमा सत्ता र नेताको निर्देशन मान्ने अख्तियार काम सम्पन्न भएका निर्माण क्षेत्र, विकासे आयोजनाको भुक्तानी नगर्ने अर्थ मन्त्रालय जस्ता संस्थामा निष्ठा र त्याग हराउँदा बेरुजु बढेको हो । हिजो त्यो बेरुजु एकै ठाउँमा थियो । आज छरिएको छ । गणतन्त्र भनेको पनि नेताको स्वार्थमा चलेको छ । संघीयता हाम्रो एजेन्डा भन्ने माओवादी र मधेशवादीहरू भ्रष्टाचारबाट टाढा छैनन् । सरकार छ, त्यसले बेथिति नियन्त्रण गर्दैन । प्रधानमन्त्री कै नाती नातिनाको सान देख्दा र वैवाहिक चमक हेर्दा यो देश यस्ताबाट मुक्ति नपाएसम्म बन्दैन । त्यसका लागि भारतका बंगाल र श्रीलंकामा जस्तै मन्त्री नांगै पार्ने शान्ति र सुशासन मर्मत सुधार अभियान चलाउने शसक्त शक्ति जरुरी बन्दैछ । एमाले र काँग्रेस जस्ता रैथाने शक्तिको विरोध गर्दै सञ्चारकर्मीको दलाली पेशाबाट राजनीतिमा आएका रवि लामिछाने जस्ता बाठा नेता बनेका छन् । भ्रष्टाचारमा उनी पनि सहभागी भए । जनताको लगानीले चलेको सहकारी डुबाउने रविहरूले नक्कली नागरिकता, दोहोरो पासपोर्ट लिएर कारबाही भोग्नु परेको छैन । बेरुजुको ग्राफ बढेको बढेकै छ भने देशले कसरी प्रगति कस्तो गरेको छ त्यो नै सरकारको क्षमता हो । काँग्रेससँग मिलेर प्रम पुष्पकमल दाहालले सरकार त बनाएका छन् त्यो सरकारकै कार्यकालको एक वर्षमा सन्तोषजनक काम भएन, भनेकै छन् । यो सरकारका नालायक र भ्रष्ट मन्त्री काँग्रेसका अर्थ, स्वास्थ्य चर्चित भएका छन् । काम त उद्योग बाणिज्य तथा आपूर्ति, कानुन मन्त्रीले पनि राम्रो गरेनन् । काँग्रेसी मन्त्रीका काममा डा. आरजुको भ्रष्ट छायाँ परेको छ । परिवर्तनको स्वाङ महामन्त्री गगन थापा र डा. शेखर कोइराला जस्ता नेताले गरेकै छन् । यिनको दाउको भागवण्डामा धेरै पद कब्जा गर्ने रहेको छ ।
काँग्रेस र कम्युनिष्टको खाने र लुट्नेमा कुरा लाउडा र धमिजादेखि नै मिलेको हो । माओवादी त्यहाँ थपियो । काँग्रेस र एमाले माओवादीका तीन नेता एक ठाउँमा हुनासाथ चमत्कार गर्ने गरेका छन् । ज्यान मुद्दामा जेल बसेका भ्रष्टाचारमा चोबलिएकालाई सुनपानी छर्कने हैसियतमा यी छन् । राष्ट्रिय बजेटमा यस्तो दोहन चम्कनु भनेको लोकतन्त्रको प्राणमाथि प्रहार हो । गणतन्त्र र समावेशीतामाथि गद्दारी हो । यो गद्दारीका दर्शक संसदमा भएका र सडकमा रमाएका क्रान्तिकारीहरूको समेत स्थान छैन । आर्थिक बेरुजु अरवौं बनाउन सफल पात्रलाई लाज छैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल