Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मंसिर १९ गते आउँछ उज्यालो नेपाल पार्टीको घोषणासभा

काठमाडौं । उज्यालो नेपाल पार्टीले यही मंसिर १९ गते घोषणा सभा गर्ने भएको छ। पार्टी घोषणा सभाको सम्बन्धमा आवश्यक जानकारी दिने उद्देश्यले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले जानकारी दिए। हाम्रो पार्टीको घोषणा सभा यही मंसिर १९ गते गर्ने तयारी छ, उपाध्यायले भने, सोही कार्यक्रमको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन राखेका छौँ। उनले आजको पत्रकार सम्मेलनमा आफूसहित पार्टीका पदाधिकारी उपस्थित हुने बताए। १९ गतेको सभामा भने ऊर्जामन्त्री कुलमान घिसिङ पनि सहभागी हुने जानकारी उपाध्यायले दिए। उज्यालो नेपाल पार्टी वर्तमान सरकारका ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको पार्टी हो। ‘लोडसेडिङ अन्त्य’ गर्ने उनको अभियानसँग नाम र चुनाव चिह्न बिजुलीको चिम जोडिएको यो पार्टीको अफिसियल नेतृत्व अध्यक्ष उपाध्यायले गरिरहेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति गरिसकेका छन्। हाम्रो नेपाल पार्टी विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका अभियन्ता खगेन्द्र सुनारको अगुवाइमा गठन भएको दल हो।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल