Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मजदुरका कुरा उठ्दा सोल्टीमा खैलाबैला

काठमाण्डौ । सञ्चारमाध्यमको काम शासकको होइन आम मजदुरको पक्षपोषण गर्नु हो । यसरी पक्षपोषण गर्दा मालिकहरूको हप्किदप्की खानु नौलो कुरा होइन । पञ्चायतकालमा पत्रकारहरूलाई समाचार लेखेकै भरमा मालिकहरूले यस्तै व्यवहार गर्थे । यस पटक सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापगाईंले पञ्चायत ब्यूताउने प्रयास गरेका छन् ।

औद्योगिक घरनाका प्रतिष्ठीत व्यपारीहरू बोर्ड सदस्य रहेको कुनै कम्पनीमा उपाध्यक्षको हैसियतमा भएको मान्छेले कर्मचारीहरू बीच भेदभाव गर्यो भने त्यहाँ आन्दोलन हुन्छ । राजनीतिसँगै कामदारहरूको हितका नीम्ति ट्रेड युनियनले आवाज उठाउँछन् । तर होटल सोल्टीबाट अनुभवि र पुराना मजदुर हटाएर सस्ता नयाँ मान्छे भर्ना गर्दा होटल सोल्टीका उपाध्यक्ष सुर्दशन चापागाईविरुद्ध मजदुरहरू श्रम अदालत जाने तयारीमा छन् । उनीहरू सुदर्शनविरुद्ध एकजुट हुँदा व्यवस्थापनले धम्की दिएर टिक्नसक्छ ? ठूला पार्टीका मजदुर नेताहरूलाई हात लिएर उपध्यक्ष सुर्दशनले व्यवस्थापन सुधारको पक्षमा कर्मचारीहरूले साथ दिएको बताउन सकेको खै ?

सिंगो जीवन त्यही होटलमा बिताएमा पूराना कर्मचारीलाई खेदेर नयाँ भिœयाउँदा मानार्थ अध्यक्ष दिनेश बिस्ट मौन किन बसे ? निकालिएका मजदुरहरूले आक्रोश पोखेका छन् । उनीहरूले होटलको शाख बचाउँदै आन्दोलन गर्ने तयारी गर्दा ठूला नेताहरूले पनि साथ दिएको अवस्था छ । राजनीतिक दलका संघ संगठनहरूलाई हात लिँदा आइपर्ने अप्ठेरोबाट बच्न त सकिन्छ तर कानूनी समस्या भने समाधान हुँदैन । सोल्टी होटलको प्रतिष्ठाप्रति हाम्रो शङ्का होइन । श्रम गरेर बाच्ने बर्गमाथि व्यवस्थापनबाट गरिने भेदभाव र दमनप्रति हामी मूकदर्शक बनेर बस्न सक्दैनौ । त्यहो हाम्रो धर्म होइन ।

श्रमजिवीहरूको पक्षमा प्रेस जगत लाग्छ । व्यवस्थापनले स्वीकृति दिएर पूराना कामदार हटाइएको हो भने सुदर्शन चापागाइले कानुनी अडचन व्यर्होन नपर्ला । यो विषय श्रम अदालत पुग्यो भने कोरोनाको कारण धराशाही भएको सोल्टी होटलको अवस्था के होला ? हाम्रो चासो त्यतातिर हो । होटल व्यवस्थापनले पनि मजदुर बर्गमाथि गर्ने शोषण विरुद्ध मजदुरको आन्दोलन चर्किंदा व्यापार ठप्प भएका उदाहरण धेरै छन् ।

सुदर्शनको भनाइमा ताजाखबर र ताजानेपाल डटकममा प्रेसित समाचारसँग भन्दा पनि छापा खाना तथा प्रकाशन ऐनको हबला दिएर आफ्ना कमजोरी लुकाएको देखिन्छ । ५३ वर्ष पूरानो होटलले आफ्नो व्यवसाय चलाउँदा मजदुर, कर्मचारीको हितमा ठेस पु¥याउने काम गर्नु हुँदैन भन्ने कुरामा हामी विश्वास गर्दछौं । हामीलाई कुनै अनुचित लाभ लिनु छैन मात्र विषय सार्वजनिक सरोकारमा रहेको र आम नागरिकको पनि लगानी भएको संस्थामा सुर्दशनहरूले मनपरी गर्ने, मानार्थ अध्यक्ष दिनेश बिस्ट हेरेर बस्ने किन भयो भन्ने हो । बोर्ड सदस्यहरू त आफ्नै व्यवसायमा हुन्छन् । उनीहरूको व्यवसाय माथि सङ्का गर्ने हक जनतामा रहन्छ ।

पत्रपत्रिकाले गलत क्रियाकलापको सुचना सर्वजनिक गर्दा ठूलाको चाकडी गरेर सानामाथि दादागीरी चलाउनेहरूको दिन सधै एकनाश हुदैन भन्ने सोच्नु पर्दछ । बोर्ड सदस्यहरू संस्थाको बोर्ड बैठकमा सहभागी हुने हुन् । मुल जिम्मेवारी होटल प्रशासन र व्यवस्थापनको हो । हामीले समाचार प्रकाशन गर्दा कसैको मान प्रतिष्ठामा आच आउने स्थिति आउन नदिने प्रयास गर्दछौ । उपाध्यक्षको हैसियतले सुदर्शन चापागाइले प्रेस काउन्सीलमा पठाएको उजुरीमा मजदुरहरू हटाउने र राख्ने गरेको समचारका बारेमा केही नबोलेकोमा झन् शङ्का उब्जिएको छ ।

यसले पूराना अनुभावी, दक्ष योग्यलाई खेदेर आफ्नो टिम बलियो बनाउन खोज्ने सुदर्शनको योजना रहेको कुरा त छर्लन्ङ भयो त ? उनले कार्यकारी सम्पादक, प्रकाशकसँग फोन सम्पर्क गरेर वा कार्यलयमा सम्पर्क गरी आफ्ना भनाइ राख्न सक्दथे । तर प्रेस काउन्सीललाई गुहार्न पर्दैनथ्यो । काउन्सील नेपालभरिका संचार क्षेत्रको अनुगमन तथा सुपरिबेक्षण गर्ने पत्रकारहरूकै संस्था हो । मर्का पर्नेले जहाँबाट मर्का पर्यो त्यहाँ पहिले बुझ्ने कि सोझै धम्काँउने ? हाम्रो प्रश्न सुदर्शनलाई यही हो । हामीलाई सोल्टी होटलमा मजदुरहरू माथि गरिएको भेदभाव प्रति चासो रहेको छ । सार्वजनिक सञ्चार माध्यमले त्यो चासो राख्दा मालिकहरू छटपटाउनु नौलो भएन । मजदुर माथि शोषण गर्ने ठालूहरूका धम्की यस्तै हुन्छन् भन्ने कुरा हामी बुझ्दछौ ।