काठमाण्डौ । मधेसका नेताहरुको सत्ताको निम्तिको देखिएको उतारचडाभ यति खेर मैदानमा आएको छ । कम्युनिष्ट पार्टीले यता सिद्दान्थ र आर्दश छोडेको बेला सत्ता पाएपछि जता मल्कू उतै ढल्कू शैलीका मधेसका नेताहरुको विश्वास गर्ने कसले ? जहाँ सत्ता पाएपछि पार्टीको सिद्दान्त र आदर्शलाई त्यागिन्छ ।
यहि बेला जनता समाजवादी पार्टी नेपाल जसपामा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भएपनि वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन । शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका थिए ।
दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् । तर यति खेर मधेसका नेताहरुका लागि सत्ता प्रमुख बनेको छ । उनीहरुले उठाउदै आएका मुद्दा रामछाया बन्दै छन् भन्दा फरक पर्दैन ।