Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति फोहोर बोकेर गएका गाडीहरु तोडफोड

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ। २४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी पाएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। यद्यपी तोडफोड कसले गर्यो भन्ने जानकारी नआएको उनले बताइन्। राईका अनुसार अहिले घटनाको अनुसन्धान गर्ने काम भइरहेको छ। ‘जिल्ला प्रहरी कार्यालय धादिङ र नुवाकोट दुवैलाई खबर गरेर हामीले त्यहाँ पठाएका छौं। अहिले मुचुल्का उठाउने काम भइरहेको छ,’ राईले भनिन्। सोमबार दिउँसो धुनवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुनपर्ने भन्दै आन्दोलन गरेका थिए। महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो। राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए। पार्किङ गरेर राखिएका गाडीमा राती अज्ञात समूहले तोडफोड गरेको हो। ब्यक्ति पहिचान गरेर नाम बुझाउन त्यहाँ खटिएका प्रहरीलाई महानगरले भनेको छ।