Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति ९० लाखको बोधिचित्त लुटियो

काभ्रे । मध्यराति हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ । करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बोधिचित्तको दाना लुटेको हो । बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले बताए । डीएसपी थापाका अनुसार वीरबहादुरले उक्त रुखमा रहेको बोधिचित्तको दाना स्थानीय व्यापारीलाई ९० लाखमा बेचिसकेका थिए । डीएसपी थापाकै कमाण्डमा रहेको टोलीले लुटेराहरुको खोजि गरिरहेको छ ।