Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तङ–इल मो–दो सङ्घ नेपालकी खेलाडी मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३,५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए । तङ–इल मो–दो सङ्घ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडीहरूको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिकासँगै प्रकाश श्रेष्ठ, तेजबहादुर सिंह, दीपक बास्तोला, दीपेन्द्र ठाकुरलगायतका खेलाडीले सहभागिता जनाएका थिए । दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस् मास्टरसीप ‘अन्तर्राष्ट्रिय मार्शल आर्टस् मेगाइभेन्ट’ सुनारले स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतिमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ–इल मो–दो सङ्घ नेपालका महासचिव विष्णु गिरीले बताए । ‘समयभन्दा पर, संसारलाई जोड्ने’ भन्ने नाराका साथ आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितमा सबै किसिमको मार्शल आर्टस्लाई एकै ठाउ“मा ल्याउन तथा मार्शल आर्टस्को माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रवाह गर्न पनि प्रतियोगिता गरिएको हो । एजी.ए.आई.एस.एफ. को संरक्षण र आई.ओ.सी.ले समार्थन गरेको प्रतियोगिता हो । गिरीले तङ–ईल मो–दो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ मुनले खेलकुदको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रय खेलकुद परिषद्मा समेत आबद्ध रहेको तङ–इल मो–दो सङ्घले प्रतियोगितामा सहभागिता जनाउन जानुअघि खेलकुद परिषद्मा समेत जानकारी गराएको महासचिव गिरीले जानकारी दिए । चुङ्जु वल्र्ड मार्शल आर्टस् प्रतियोगितामा तङ–इल मो–दो सङ्घ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेललाई शान्ति पदकद्वारा सम्मान गरिएको थियो ।
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल