Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी ९राजपा०सँग छलफल हुन बाँकी छ । स्रोतकाअनुसार मुख्यमन्त्री राउत राजपाका तीन मन्त्रीको कामप्रति सन्तुष्ट छैनन् । राजपाले उनीहरुलाई हटाएर नयाँ अनुहार सरकारमा पठाओस् भन्ने उनको चाहना छ । प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । दुबै दलबाट ३र३ जना मन्त्री र ३र३ जना राज्यमन्त्री छन् । राज्यमन्त्रीलाई कायम राख्दै तीन मन्त्रीलाई फिर्ता बोलाउन राजपाको नेतत्वलाई आग्रह गर्ने मुख्यमन्त्रीको तयारी छ । राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।
राजपाका मन्त्रीहरुका कारण सरकार नै बदनाम भएको समाजवादी पार्टीका मन्त्रीहरुको तर्क छ । गत आर्थिक बर्षमा राजपाका मन्त्रीहरुले बाँडेका योजनाको भुक्तानी हुन नसकेको सन्दर्भमा प्रदेश सरकार अत्याधिक बदनाम भएको उनीहरुको दाबी छ ।
गत आर्थिक बर्षमा बाँडिएको ८ सय ४२ वटा योजनाको ९१ करोड भुक्तानी हुन बाँकी छ । गत बर्षको योजनाको यो बर्ष भुक्तानी दिन नमिल्ने कर्मचारीको तर्क छ । सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्दै काम गरे वापतको भुक्तानी दिन निर्देशन दिएपनि अहिलेसम्म उपभोक्ता समितिहरुले रकम पाएका छैनन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल