Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद् बैठक रोकियो, भोलि कुलमानको भाग्य फैसला

काठमाडौं । पार्टीको काममा प्रधानमन्त्रीको व्यस्तता बढेका कारण बिहीबार बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित अर्को जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । साथै अन्य महत्त्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री रहेका छन् । गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै सरकारको प्रवक्ता पद खाली छ ।