Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले संघीय सरकारबाट स्वीकृति मिलिसकेपछि सिंगापुर भ्रमण रद्ध गरेका छन् । यही जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको नवौँ ‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेनले संघीय सरकारसँग स्वीकृतिका लागि पत्र पठाएका थिए । उक्त पत्रअनुसार संघीय सरकारको मन्त्रिपरिषद्ले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो। सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिटमा सहभागी हुन मेयर साह जाने तालिका थियो । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणमा समय दिनुपरेपछि उनले सिंगापुर नजाने निर्णय लिएका थिए ।
सिंगापुर जान अनुमति मागेपछि नजाने निर्णय गरेका उनले तर त्यसबारे संघीय सरकारलाई जानकारी दिएका थिएनन्। साहले सिंगापुर जाने कार्यक्रम रद्ध भएको जानकारी नदिँदा मन्त्रिपरिषद्ले शुक्रबार निर्णय गरेको थियो । बालेनको भ्रमणबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी शुक्रबार सरकारकी प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले दिएकी थिइन् । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले मेयर साह नजाने भएपछि अब उक्त समिटमा काठमाडौं महानगरपालिकाको सहभागिता नरहने बताए । केही समयअघि नै भ्रमण अनुमतिका लागि पत्र लेखिएको हो, अधिकारीले भने, तर बीचमा नजाने निर्णय भएको थियो । त्यसबारे जानकारी गराउन नपाएकाले संघीय सरकारबाट निर्णय भएर आएछ। सिंगापुर जाने मेयरको कार्यक्रम यसअघि नै रद्ध भइसकेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल