Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री आलेको आक्रोश लुटेरा र गुण्डालाइनै अदालतले जोगाउछ अनि कसरी हुन्छ न्याय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् ।
पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ रु
आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ रु’

उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो ।

रक्सिको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेपछि उनी विवादमा तानिएका थिए ।

त्यसपछि पदको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा उनी यही पुस २ गते निलम्बनमा परेका थिए ।
तर सर्वोच्च अदालतले यही पुस १४ गते रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो


सम्बन्धित समाचार