Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको आरोप कांग्रेसका नेताहरुले लगाएका छन् । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । संसदीय दलका उपनेता गच्छादारमाथि मुद्दा दायर भएपछि कांग्रेस नेताहरुले त्यसलाई पूर्वाग्रहको रुपमा लिएका छन् ।
एकै मन्त्रिमण्डलका प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने तर उनको पालमा मन्त्री रहेका गच्छादारमाथि मुद्दा चलाइएको आरोाप कांग्रेस नेताहरुले लगाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता पौडेलले पौडेलले ट्वीटरमा लेखेका छन्, अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन १
त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने एउटै मन्त्रिमण्डलका प्रमुखलाई उन्मुक्ति र अर्कोलाई मुद्दा चलाइएकोमा आपत्ति जनाएका छन् ।
त्यस्तै कांग्रेस नेता धनराज गुरुङले पनि अख्तियारलाई निर्वस्त्र बनेको आरोप लगाएका छन् । उनले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालिन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्तावमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ललिता निवास काण्डस् मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तत्कालीन मन्त्री भ्रष्टाचारी तर मन्त्रीले लगेको प्रस्ताव निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री सदाचारी १ क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन सक्दैन । यति साह्रै निर्वस्त्र किन अख्तियार १’
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल