Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाणडौ सुत्केरी हुनु अगाडिको प्रसब बेदनामा डूबेकी महिला र पाँच दलीय गठबन्धनबाट बनेको सरकारका प्रमुख प्रधानमन्त्री शेर बहादुर देउवाको पिडा उस्तै छ । ४१ महिने कष्टकर राजनीति र प्रशासनिक गुटबन्दीले छियाछिया भएको सत्ताका सदस्यहरु छनौट गर्न नेताहरुलाई प्रसब बेदनामा परेका छन् ।
सांसदहरु करोडौ खर्चेर सांसद बन्दछन् त्यसको अशुली गर्न ठेकेदारको फाईल बोक्ने मन्त्रीलाई रिझाउने पैसा संकलन गर्न हिनता बोध गर्दैनन् । राजनीतिलाई व्यापार बनाउने मोती दुगढहरु एमाले बनेर ४१ महिना सम्म लुटे । सत्ता पल्टियो यो ओलीको कालरात्री सकियो । देउवा सत्ताको नायक भएको २ महिना १४ दिन बितेको छ । तर संख्यामा सहमति जनाउने नाम छनौटको जिम्मा सम्बन्धी पार्टीको भागमा पर्ने भएकाले पदका लागि दौडनेहरु मन्त्रीको नाम छनौटमै हस्तक्षेत्रप गर्ने सम्भावना छ ।
काँग्रेसले २ मन्त्री १ राज्यमन्त्री पाएको बेला काँग्रेसलाई ७ मन्त्री एक राज्यमन्त्री दिन गठबन्धन राजी छ भने विपक्षीले संसदको गरिमा कति राख्छ प्रश्न अनुतरित बन्दैछ । काँग्रेसबाट पुष्पा भूषाल भिमसेन दाश क्षेष्ठ उमाकान्त चौधरी दिलेन्द्र बढुँ, डा. मिनेन्द्र रिजाल मध्ये श्रेष्ठ र चौधरी छनौट बाँकी छ । सिटौला गुटले एकमन्त्री पाउने हो पौडेल गुटले २ मन्त्री पाउने हुन् । प्रधानमन्त्री देउवाले गृह परराष्ट्र, कानून मन्त्री बनाएकाहरु आफ्नै गुटका हुन् । राज्यमन्त्री उमेश श्रेष्ठ देउवा पत्नी, डा. आरजूका पार्टनर हुन् । आरजुले कैलालीमा किनेको महलसँग श्रेष्ठहरुको लगानी जो दिन्छ । सत्ताको ठूलो घाटक माओवादीले हरिवोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किरातील अमनलाल मोदी भातृका यादव शिव कुमार मण्डल जयपूरी धर्ती अन्जारा विराङ्गेबाट नाम छनौट गर्दैछ । त्यो पार्टीले पाउने छ मन्त्रालय मध्ये २ मन्त्री पठाइ सकेको छ । अर्थ र उर्जा काम देखाउने ठाँउ हुन् ।
मन्त्री पदका लागि काँग्रेस, एमाले, माओवादी र मधेसवादीका बीचमा जति लडाँइ पर्छ त्यो लडाँइ जसपामा पनि छ । त्यही कारण महन्त छाडेर उपेन्द्र तिर लागेका सांसदले पार्टी फुटाउने डर थियो । राजनीति सुझबुझ छैन पदका लागि भिड्ने माओवादीमा आर्दश र त्याग हराएको छ । जसपाभित्र त्याग र आर्दश कसरी पाईन्छ ? तर पनि मन्त्रीका लागि राजेन्द्र श्रेष्ठ महेन्द्रराय यादव, प्रदिप यादव, मृगेन्द्र सिहं, प्रमोद साहा, रेणु यादवको नाउ छनौट भएको छ ।
उता पार्टी फुटाउने अध्यादेशले दिलाएको फल खोज्ने नेकपा समाजवादीले विरोध खतिवडालाई नेतृत्व गराउँदैछ । खतिवडासँग भेटमणि चौधरी, रामकुमारी झाक्री, प्रम ओली र जीवनराम श्रेष्ठको नाम छानेको छ । ६ मन्त्री एक राज्यमन्त्री समाजवादी नाम छानेको छ । ६ मन्त्री एक राज्यमन्त्री समाजवादीले पाउछ । जसपामा पनि लडाँइ छ । अध्यादेशको खारेजी हुदैनथ्यो भने ठूला पार्टी १०÷११ जना सांसदले पार्टी फुटाउने भएपछि अध्यादेश खारेज गरिएको छ । अध्यादेशले एमाले काँग्रेस मात्र होइन माओवादी र समाजवादी पनि पिडित थिए । प्रधानमन्त्री देउवालाई सहयात्रीले भन्दा बढि पिडा दिने पार्टीकै गुटबन्दीले हो । १४ औ महाधिवेशनमा कसैलाई बिझाउन र भड्काउने पक्षमा उनी छैनन् भन्ने कुरा काँग्रेस भन्दा गुट र भिन्न समूहलाई भाग दिनुले छर्लङ्ग बनाउछ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल