Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री माग्दै मोहनविक्रम खुमलटारमा

काठमाडौं । साम्यवादउन्मुख पार्टी नीतिअनुसार सरकारले काम गरेन । यो सरकारको नेतृत्व नै संघीयता र गणतन्त्रविरोधी थियो । त्यही कारण केपी ओलीका दासहरू नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नै नियोजित षड्यन्त्र गर्दैछन् । माओवादी शक्तिशाली हुँदा संविधानसभाबाट संविधान ल्याउन नदिने सुभाष नेम्वाङजस्ता युरोपियन युनियनका दलाललाई नै सभामुख बनाउन खोज्दा राष्ट्रपति विद्यादेवी भण्डारी बाधक बनेकी छिन् । नेपाली राजनीतिको कपटी र घामट नेताको रूपमा प्रधानमन्त्री केपी ओली हुन् । प्रचण्ड नहुँदो हुन् त राष्ट्रियतका निम्ति राष्ट्रिय सहमति हुने थिएन । केपी ओलीसँग काँग्रेस र राजपा मात्र होइन समाजवादी समेत रिसाएको अवस्था छ । प्रचण्डलाई सराप्ने झुसिलकिराहरू छटपटाएका छन् । नेकपाको क्रियाशीलता शून्य हुनुमा सरकार दोषी छ ।

यथास्थितिका पृष्ठपोषकहरू सरकारमा छन् । जो परिवर्तनका पक्षधर थिए । तिनलाइृ केही गरौं भन्ने थियो तर ओलीलाई पचेन । माफियाका खेलाडी विष्णु रिमालले श्रममन्त्रीबाट गोकर्णलाई खेदे कृषिमन्त्रीबाट चक्रपाणि खनाललाई लखेटे । सिद्धहस्त हुँदा हुँदै घनश्याम भुसाललाई मक्किएको काठ बनाउने ओली गुटको खेल हो भन्ने बुझ्न जरुरी छ । ओलीको रुचि पार्टी एकताको मर्म र भावनामा देखिँदैन । तर तत्कालिन एमालेभित्रका परिवर्तनकारीहरू धेरै छन् । लामो समयदेखि थलिएको नेकपा स्थायी समितिको बैठक आइतबारबाट शुरु भएको छ । प्रचण्डको कमाण्डमा शुरु भएको साँकेतिक सन्देशले छटपटाएका स्वार्थीहरूलाई डगमगाउँदै छन् ।

नेकपासँग एकता गर्नु अधुरो जनयुद्ध सफल बनाउने भन्दै हतियारको दम्ब प्रदर्शन गरेका नेत्रविक्रम चन्द समूह नेकपामा फर्कन आतुर छ भने भारतले खटाएर संविधान जारी हुनासाथ मधेशमा आगो झोस्न पुगेका र समाजवादीमा गएका डा. बाबुराम भट्टराई पनि फर्कने भएका छन् । प्रचण्डको नेतृत्वमा नेकपामा फर्कने आकांक्षा राखेका र छरिएकाहरू पार्टीका नीति र आगामी कार्यक्रम कुरेका छन् । अब नेकपाले कर्मचारी प्रशासनलाई जनमुखी बनाउनु पनि छ । सरकारका कारण निराश रहेका कार्यकर्ता समट्दै स्थानीय सरकार र प्रदेशका सरकारलाई सक्रिय बनाउनु पनि छ । विश्व राजनीतिले नेपालको जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभाबाट जारी संविधानअनुसार सम्पन्न चुनावले स्थापित नेकपाको नेतृत्वको मूल्यांकन गरेको छ ।

माओावदीले जनयुद्ध शुरु गर्दा त्यसकै विरुद्ध पर्चा छापेर देशभर फाल्दै हिँडेका क्रान्तिकारी नेता मोहनविक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ । नेकपाको साथ हुँदैनथ्यो भने मसाल कहिं पनि जित्दैन । तर त्यही पार्टीका नाममा फाइदा लिन मोहन विक्रमलाई श्रीमतीलाई मन्त्री बनाउने रहर छ । आफूबाहेक सबैलाई संशोधनवादी भन्दै आएको छ । नेकपाले लिएको संघीयता कार्यान्वयनको विरोध गर्ने मसालको संगठन संरचना कमजोर छ । त्यही कारण मसालको संघीय संसदमा एक जना प्रदेशमा २ जना सांसद छन् । अति भएपछि पार्टीको निर्णयप्रति प्रतिरोध गर्दै नेकपाको कार्यकर्ताले विरोधी उम्मेदवार उठाएर पार्टीले साथ दिएको आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारलाई प्युठानमा जिताएको घटना ताजै छ । सिंहले श्रीमतीलाई मन्त्री बनाइदेऊ भन्दै कहिले खुमलटार पुगेका छन् त कहिले प्रम ओलीलाई गुहारेका छन् ।

मसाल वक्तव्ग्यमा समिति हुने पार्टी बन्दैछ । त्यो पार्टीले कार्यकर्ता समेट्दैन । जसले मोहनविक्रमकी जय भन्छ त्यो रहन्छ नेतृत्वको दास बन्न नचाहनेमाथि निस्कासनको डण्डा बर्सन्छ भन्ने कुरा केही समय अगाडि हाँक साप्ताहिकसँग जोडिएकाहरूमाथि मसालले जगाएको कारबाहीको भूत नै छर्लङ्ग छ । यो समाचार नेकपा मसालले नपचाउन सक्छ । महामन्त्री मोहनविक्रम सिंहले प्रथमत शुरु गरेर विज्ञप्ति प्रकाशित गर्दै समाचारलाई झूट भने पनि अनौठो नमाने हुन्छ । किनकि उनी पहिला प्रम केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाइदिन निकै धाए । ओलीले बेवास्ता गरेपछि खुमलटार धाउन थालेको प्रमाण समाचार सूत्रले बताएकाे छ ।