Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीका छोरा मेयरले नभेटेको भेन्टिलेटर जनताले कहिले पाउलान् ?

काठमाडौं । सरकारले बेलैमा पूर्वाधारतर्फ ध्यान नदिँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। जनताका छोराछोरी थिए भने त्यही सास रोकिनुको विकल्प थिएन ।

तर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समेत रहेका नगर प्रमुख साहलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो। मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीलले जानकारी दिए। उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ। कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले काठमाडौंस्थित हेम्स अस्पताल रिफर गरिएको डा. चौधरीले बताए।