Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीको भागवण्डा मिलाउनै गाह्रो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए । तर मन्त्री परिषद्लाई पूर्ण बनाउन भने विश्वासको मत लिन भन्दा गाह्रो हुने देखिन्छ । बहुमत खोजेको देउवाले झण्डै दुई तिहाई नजिक बहुमत पाउँदा मन्त्रीका आकांक्षी बढेका बढ्यै छन् । प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन् । माधव नेपालले भने विश्वासको मत दिएपनि आफूहरु तत्काल सरकारमा नजाने अडान लिएका छन् । तर, उनी पक्षधर सांसदहरुले भने सरकारमा जानुपर्ने मत राखेका छन् । देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । यी २२ जनालाई नै एमालेको आज बसेको केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री देउवाले आज÷भोलि भित्रै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षलाई सम्मानजनक रुपमा सरकारमा सहभागी गराउने वचन पनि दिएका छन् । आफ्नै पार्टीबाट पनि मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । देउवाले हालै बसेको पदाधिकारी बैठकमा समेत सरकारमा सहभागी हुनेहरुको नाम दिन नेताहरुलाई आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलसँग उनले नाम मागेका छन् । सरकारमा क–कसलाई पठाउने भन्नेबारे पौडेल पक्षमा छलफल चलिरहेको छ । उता, यसपटक बिनोद चौधरी पनि कांग्रेसबाट मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनेबित्तिकै उनी अर्थमन्त्री बन्ने चर्चा थियो । तर, अर्थमन्त्री भने माओवादी केन्द्रबाट जनार्दन शर्मा बनिसकेका छन् । चौधरीले सरकारमा सहभागी भएर काम गर्ने भनेर ईच्छा त व्यक्त गरेका छैनन् । तर, उनलाई पार्टीभित्रैबाट सरकारमा जानको लागि दबाब आएको छ । चौधरी सरकारमा सहभागी भए भने परराष्ट्र वा स्वास्थ्य मन्त्री बन्ने आँकलन गरिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल