Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्दिरको सामान चोर्ने तीन जना पक्राउ

सोलुखुम्बु । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-२ बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका-४ पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका-४ दिंबोचे बस्ने ३९ वर्षीय राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका-२ पेल्माङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका-४ फोर्चे बस्ने २७ वर्षीय मदन राई रहेका छन् ।
२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि’ माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।


सम्बन्धित समाचार