Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मर्जर स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन्। ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन्। उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो।
यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। उक्त अनुमोदनलाई दुवै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ।