Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीति हो । एकले अर्कोलाई देखाइदिने नाममा चौथो शक्तिको दिन खुल्ने छाँटकाट राजनीतिक घटनाक्रमहरुले देखाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छिट्टै लिने बताइसकेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने बताएका हुन् । विश्वासको मत लिन बढ्नुअघि ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको साथ लिन प्रयास गरिरहेका छन् । ठाकुरले उठाएको माग पूरा गरेर अगाडि बढ्ने उनको तयारी देखिदैछ । ठाकुर पनि ओलीप्रति सकारात्मक देखिएका छन् । यसअघि तटस्थ बसेर ठाकुरले ओलीको संविधानको धारा ७६ को उपधारा ३ बामेजिम प्रधानमन्त्री बन्नसक्ने अवस्था सृजनामा सहयोगी बनिदिएका थिए । ठाकुर ओलीसँग नजिकिएपछि उनलाई छुटाउने प्रयासहरु चलेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको ओलीविरोधी गठबन्धन ठाकुरलाई पक्षमा पार्ने रणनीतिमा देखिएको छ । त्यसका लागि उनलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रयास समेत भएको छ । ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री मान्न तयार भएमा कुरा मिल्ने सम्भावना छ । ठाकुरलाई बहुमतको प्रधानमन्त्रीका लागि धारा ७६ को उपधारा ५ बमोजिम अगाडि बढाउने तयारी भइरहेको छ । देउवा र प्रचण्ड तयार भएमा ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहन्छ । त्यतिबेला ओलीको विश्वासको मत लिन सफल हुने सम्भावना टर्छ र फेरि प्रधानमन्त्री बन्ने ढोका पनि बन्द हुनसक्छ । ओलीको हातबाट चुनावी सरकारको नेतृत्व लिने रणनीति पनि विफल हुनसक्छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल