Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशन प्रतिनिधि छान्दै एमाले

काठमाडौं। आगामी मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि एमालेले आज देशभरबाट महाधिवेशन प्रतिनिधि छान्दैछ । प्रमुख प्रतिपक्षी दल एमालेले देशभर छरिएका आठ लाख बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छान्न लागेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट एक महिला र दुई खुलासहित तीन जना हुने व्यवस्था गरेको छ । त्यसै गरी प्रत्येक आठ सयमा एक जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा एक महिला र तीन खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि १,९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।