Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापालाई पत्र पठाउँदै आगामी महाधिवेशनसहित पार्टीका गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।
मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै पठाइएको तीनबुँदे पत्रमा सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरवलोकनका लागि दिएको निस्सालाई आधार बनाइएको छ। सर्वोच्चले साउन २२ गते यसअघिको फैसलामाथि पुनः सुनुवाइ गर्न अनुमति दिएको थियो।
अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म १५औँ महाधिवेशनलगायत पार्टीका सांगठनिक गतिविधि अघि नबढाउन कोइरालाले आग्रह गरेका छन्।
पत्रको पहिलो बुँदामा १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरिएको छ।
दोस्रो बुँदामा अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगर्न आग्रह गरिएको छ।
त्यस्तै, तेस्रो बुँदामा अदालतको गरिमा र कानुनी प्रक्रियाको सम्मान गर्दै सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्न भनिएको छ।
कोइरालाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई प्रभावित पार्ने गरी कुनै गतिविधि नगर्नसमेत चेतावनी दिएका छन्। महाधिवेशनलगायतका गतिविधि अघि बढाउँदा अदालतको अवहेलना वा अन्य कानुनी जटिलता उत्पन्न भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने उनको भनाइ छ।
उनले पत्रमा गगन थापालाई ‘सभापति’ नभई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरेका छन्। पत्रको बोधार्थ कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह, वडा, जनसम्पर्क समिति तथा निर्वाचन आयोगलाई समेत पठाइएको छ।
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल
२०८३ श्रावण २७
ताजा नेपाल