Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्दै काँग्रेस

काठमाडौं । १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषयमा छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
यसअघि ७७ फागूनमा महाधिवेशन गर्ने गरि तय भएको कार्यतालिका परिवर्तन नगर्ने र अन्य कामलाई कसरी तीव्र बनाउन सकिएला भनेर विकल्पहरूबारे छलफल हुने पौडेलले जानकारी दिए । यस्तै बैठकमा वर्तमान सरकारले ल्याएका विधेयकहरूका विषयमा पनि साझा धारणा तय गरेर अघि बढ्नेबारे पनि छलफल उनले जानकारी दिए ।