Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ – सत्तारुढ गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बालुवाटारमा जारी छ । बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंग्याउने तयारी छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन्। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल