Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगरका जनप्रतिनिधिबाट नागरिक हैरान

कामपा २७ का अध्यक्षविरुद्ध उजुरी

काठमाडौं । जनताले भोट दिएर चुनाव जिताएको कुनै जनप्रतिनिधिले आफूसमक्ष आएको समस्या वादी र प्रतिवादीबीच छलफल गराएर दूधको दूध पानीको पानी छुट्याउने हो कि पैसामा बिकेर आफ्नै मतदातालाई काखा र पाखा गर्ने हो ? काठमाडौं महानगर वडा नं. २७ का वडाध्यक्ष चिनिया मान बज्राचार्य यहाँ भद्रगोल निम्त्याउने कारक बन्न पुगेका छन् । उनले सोही वडाबासी विक्रममान श्रेष्ठले २०७५ असोज १० गते वडा कार्यालयमा आफ्नो दाजु दिपकमान श्रेष्ठ समेतको संगोलको जग्गा कि.नं. ९८८ को क्षेत्रफल २–२–२ रहेको ३ फिट १० इञ्च चौडाई २९ फिच ३ इञ्च लम्बाइएको जग्गा स्व. पिता गोविन्दमान श्रेष्ठको नाममा रहेकाले कुनै पनि भौतिक निर्माण वा नामसारीका लागि सिफारिश नगर्न दर्ता गरेको पत्रको ख्याल नगरी रोजन श्रेष्ठको निवेदनको आधारमा नामसारी सिफारिश गरेपछि जनप्रतिनिधिको नियतमा शंका उब्जिएको हो । जबकि सो जग्गाका बारेमा जिल्ला अदालत काठमाडौंले समेत शेषपछिको वकस २०६८ जेठ १३ गते बदर गरेको जानकारी खुलाएर विक्रमले वडामा निवेदन दिएका थिए ।

विवाद नटुंगितासम्म त्यो स्थानमा कसैले घर बाटो, चारकिल्ला वा कुनै सिफारिश आपसी सम्झौता बिना नगराई दिन उनको निवदेनले खुलाएको थियो । यहाँसम्म वडाध्यक्ष चुकेका छन् कि जग्गाधनी गोविन्दमानको नाममा महानगर वडालाई मालपोत बुझाउनु पर्नेमा रोजन श्रेष्ठले सो जग्गाको मालपोत तिरेका छन् । जबकि त्यही जग्गा संगोलमा भएको कुरा विक्रममानले बताइरहेका छन् । उनको वडा कार्यालयमा दर्ता निवेदनले त्यो खुलाएको छ । आफूलाई जनप्रतिनिधिबाट भएको धोका सहन नसकी विक्रमले अख्तियारमा समेत उजुरी दिएका छन् । दाजु दिपकमान श्रेष्ठले बाबुको शेषपछिको वकस पाएको सफेद झूट खेल यहाँ खेल्दै छोरालाई अगाडि सारेर वडाध्यक्ष चिनियाँमान बज्राचार्य मार्फत् यो जालझेल गर्दा आफू साहित्य र फिल्मी क्षेत्रमा लागेका विक्रममान छाङ्गाबाट खसेझै भएको बताउँछन् । सो जग्गाकै विषयमा दीपकमानद्वारा बाबु, आमा र भाई विरुद्ध अंश मुद्दा दिएपछि काठमाडौं जिल्ला अदालतले २०६८ जेठ १३ गते मिलापत्र गराएको थियो ।

यस्ता विवादित विषयमा जनप्रतिनिधिले कारणी पक्ष विपक्ष राखेर टोलको सर्जिमीन गरेको भए उनको नियत राम्रो देखिन्थ्यो । उनले निवेदक विक्रमसँग पनि त्यही कुरा भनेर आश्वस्त पारेका थिए । तर उनले २०७५ असोज १० गते दर्ता गरेको विक्रमको पत्र लत्याउँदै २०७६ जेठ ३० गते सोही जग्गाको नामसारीका लागि मालपोत कार्यालय काठमाडौंलाई सिफारिश गरिदिँदा अहिले झमेला पैदा भएको हो । जनताबाट मत लिने बेलामा सबैको भलो गर्छु भन्ने तर मौका पाउँदा घुस खाँदै एकाघरका दाजुभाइबीच फाटो ल्याउने वडाध्यक्षप्रति पीडित पक्ष त आक्रामक हुने नै भयो भोटाहिटी असन क्षेत्रका जनताले समेत सचेत रहनु पर्ने अवस्था यो घटनाले सिर्जना गरिदिएको स्थानीय वासीहरू बताउँछन् । वडाध्यक्ष जनताको प्रतिनिधि हुँदै हो । झै झगडा पर्दाको न्यायाधीश पनि हो । सरकारले सिंहदरबारको अधिकार स्थानीय तहमा दिलाएको यस्तै धोका दिन र घुस खाँदै सिफारिश गर्न हो ?

बालिका बलात्कारको आरोपमा महानगरपालिकाका कर्मचारी पक्राउ
११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुख हुन् । पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको हो । पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


सम्बन्धित समाचार