Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौं महानगरमा केही समस्या छ भने त्यही कर्मचारी प्रशासनमा छ भन्ने निश्कर्षमा मेयर बालेन शाहको टोली पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् । जानकारी अनुसार ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छानबिन हुन लागेको हो । महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् । काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख,वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् । विभिन्न बहानाबाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेन्द्रले उक्त निर्णय लिएको उनका एक सहयोगीले कान्तिपुरलाई बताए । वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ । यसबारे उनको सचिवालयले आधिकारिक रुपमा नबताए पनि स्वभाविक प्रक्रिया भनेको छ । कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी भइरहेको हो ? भन्ने प्रश्नमा मेयर बालेन्द्रको सचिवालयले स्वभाविक प्रक्रिया भनेको छ । विगतका नेतृत्वदेखि नै काठमाडौं महानगरपालिकामा भ्रष्टाचारको अखडा भएको भन्दै गुनासो आउने गरेको थियो । मेयरमा निर्वाचित भएयता बालेन्द्रले पर्ख र हेरुको नीति लिए पनि पुरानै नेतृत्वमा भएजस्तै काम कर्मचारीहरुबाट हुन थालेको उनको टिमले निष्कर्ष निकालेको छ । मेयरमा निर्वाचित भएयता ८ महिनामा पनि सेवाग्राहीको गुनासो झन धेरै बढ्न थालेपछि शाहले ती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नका लागि सम्बन्धित निकायसँग परामर्श थालेका हुन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल