Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताले तिरेको करमा तर मार्न पल्केकाहरु मुलुकमा थुप्रै छन् । त्यसैले त कागजमा काम हुन्छ फिल्डमा रित्तै भए पनि बिल पास भएकै छ । माघ १९ गतेबाट बिदा स्वीकृत नगरी केयुकेएलको महाप्रबन्धक पदमा बसिरहेका महेश भट्टराई आफू दोस्रो पटक पुनर्नियुक्त हुन केयुकेएलका कर्मचारी संघ संगठनका नेता र आठौं तहभन्दा माथिका हाकिमहरूलाई प्रधानमन्त्री कार्यालयका विकासे सल्लाहकार घनश्याम भट्टराईलाई थैली बुझाउँदै भेटघाट गर्न पठाएको समाचार छ । भट्टराई त्रिविविमा बढुवा भए पनि सो बढुवा पत्र लिन गएनन् । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको रस चुस्न पाएकाले त्रिविविको जागिरप्रति मोह त्याग्न खोजेका हुन् । मेलम्ची प्रोजेक्ट अन्तर्गतको पिआईडीका कार्यकारी निर्देशक तिरेश खत्रीमार्फत् पाइप विस्तार कार्यमा सहजीकरण गरिदिएबापत वार्षिक ५ करोड कमिशन पाएका महेश भट्टराईले त्यहीपैसा खर्च गरेर दोस्रो पटक महाप्रबन्धक नियुक्त हुने दाउमा छन् । उनको बिदा सकिएको छ महिना बितिसकेको छ । केयुकेएल बोर्डले आजसम्म बिदा स्वीकृत गरी बोर्डमा पेशगर्न महाप्रबन्धक भट्टराईलाई निर्देशन दिएको पनि एक हप्ता पुगिसकेको छ । तर उनलाई बचाउन पिआईडीका कार्यकारी निर्देशक तिरेश खत्री केही दिनयता प्रधानमन्त्रीका विकासे विशेषज्ञ घनश्याम भट्टराईको पाउमा परेको थाहा भएको छ । खत्रीले पिआईडीको खर्चमा आज बेलुका बिजुलीबजारस्थित एक रेष्टुराँमा ठूलो दारु पार्टी दिने तयारी गरिरहेका छन् । त्यो पार्टीमा प्रधानमन्त्री कार्यालयका प्राविधिक सल्लाहकार असगर अली, विकास सल्लाहकार घनश्याम भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमालको समेत उपस्थिति हुने जानकारी केयुकेएलका महाप्रबन्धक महेश भट्टराईले दिएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल