Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । दक्षिण कोरियाको संसद दोस्रो प्रयासमा राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग लगाउन सफल भएको छ। यससँगै युन राष्ट्रपतिबाट निलम्बित भएका छन्। उनको निलम्बनपछि प्रधानमन्त्री हान हान डक सु कामचलाउ राष्ट्रपति बनेका छन्। अब युनको भविष्यको फैसला संवैधानिक अदालतले गर्ने छ। ९ सदस्यीय संवैधानिक अदालतलमा ६ जनाले महाभियोगको पक्षमा मत दिए युन पदबाट बर्खास्त हुने छन्। अन्याथा उनी पदमा सक्रिय हुन सक्ने छन्।
सो अदालतले यसको फैसला ६ महिनाभित्र गरिसक्नुपर्ने छ। त्यसबाहेक उनीमाथि राज्यद्रोहको अभियोग पनि लाग्न सक्छ। तर, युनले आफू कहिल्यै पछि नहट्ने भन्दै अन्तिमसम्म लडिरहने बताएका छन्। उनीविरुद्धको महाभियोग पारित भएपछि आन्दोलनरत कोरियाली जनता खुसी भएका छन्। तापक्रम माइनसमा रहेको सोलमा हरेक दिन उनीहरुले प्रदर्शन गरिरहेका थिए। ३ सय सदस्यीय कोरियाली संसदका २०४ सदस्यले महाभियोगका पक्षमा मतदान गरेका थिए। सत्तारुढ पीपीपीका १२ सांसदले महाभियोगलाई समर्थन गरेकाले यस्तो नतिजा आएको हो। यसअघि सत्तारुढ दलले मतदान बहिष्कार गर्दा महाभियोग प्रयास असफल भएको थियो। कामचलाउ राष्ट्रपतिका रुपमा हान डक सुले स्थिति स्थिर पार्ने र सामान्य अवस्था फर्काउने बताएका छन्।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल