Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालेखाले देखायो स्वास्थ्यमा बेरुजू !

काठमाण्डाै । हालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू रहेको उल्लेख गरिएको हो । सो मध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ । अन्य संस्था र समिति गरी २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । सो मध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालय र मातहत गरी १६ सरकारी कार्यालयको ३६ अर्ब ४६ करोड ३० लाखको लेखापरीक्षण भएको छ । २६ अन्य संस्था र समितिको ५५ अर्ब ५ करोड ९२ लाखको लेखापरीक्षण भएको महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।