Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १२ बजेतिरको हो । शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो । प्रहरीले आएर उनीहरूलाई छुट्यायो र अम्बिका लगायतका महिलालाई लिएर हिँड्यो । घटनाको थप विवरण आउन बाँकी छ । शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् । अहिले उनको पुनर्वहालीको माग गर्दै आएकी छन् ।
२०८३ बैशाख १४
ताजा नेपाल
२०८३ बैशाख १४
ताजा नेपाल
२०८३ बैशाख १४
ताजा नेपाल