Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माईखोला हाइड्रोको आईपीओ फागुन २५ गतेदेखि

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले स्थानीयको लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । त्यसैगरी १ लाख ५२ हजार ९ सय ४१ कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याइएको बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जानकारी दिएको छ ।
उक्त आईपीओमा छिटोमा चैत्र ९ गते र ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन पाइने छ । श्रमिकहरुले भने चैत ९ गतेसम्म मात्रै आवेदन दिन पाउने छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।