Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओबादीको कन्द्रिय कार्यलयमा पाँच जनालाई कोरोना संक्रमण देखएिपछि प्रचण्डले भेटघाट बन्द गरेका हुन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभेच्छुकहरूसँगको प्रत्यक्ष भेटघाट तत्काललाई बन्द गरेका छन् । सचिवालयका सदस्यसहित केही नेताहरूमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि भेटघाट बन्द गरेका हुन् ।

उनको सचिवालयले बिहीबार सूचना जारी गर्दै प्रचण्डले भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई रोकेको जानकारी गराएको छ ।
उनका स्वकीयसचिव गंगा दाहालले कोरोना संक्रमण तथा स्वास्थ्यकर्मीको सल्लाहानुसार प्रचण्डले केही दिनका लागि प्रत्यक्ष भेटघाट बन्द गरेको जनाएकी छन् । “राजनीतिक कामको व्यस्तता, भिडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायत विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौँ । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ,” दाहालले बिहीबार फेसबुकमा लेखेकी छन् ।
सचिवालयका एक सदस्यका अनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिवसहित पाँचजनामा कोभिड संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्डमा भने कुनै लक्षण नदेखिएकाले उनको परीक्षण नगरिएको उनले जानकारी दिए ।


सम्बन्धित समाचार