Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी, आरएसएस, भाजपा र पश्चिमा मुश्लिमहरू

नेपालमा माओवादी हिंसा नेपाली सेनाभित्रकै इन्डो पश्चिमा लवि र दरबार घेरेको क्रिश्चियन केन्द्रले चलाएको थियो । यसको नाभी भारतको रअ, अमेरिकाको सिआईए र युरोपियन चर्चहरूसँग जोडिएको थियो । चर्च मण्डलीका अध्यक्ष केबी रोकायलाई माओवादीले नै राष्ट्रिय मानवअधिकार आयोगमा लगेको थियो । माओवादी हिंसाका लागि युरोपबाट १४ अर्ब सहयोग ल्याउने मै हुँ भन्ने केबी रोकायलाई कतै भ्रमणमा जाँदा सेनाले प्रत्येक १०/१० मिनेटमा उनको सुरक्षाको सूचना लिइराखेको उनी निकट स्रोतले बताउँछ ।

पूर्व राजा ज्ञानेन्द्रका संवाद सविच फणिराज पाठकमार्फत् उनले महिनाको १ पटक पूर्व राजालाई पनि भेट्ने गर्दछन् । २०६४ सालको संविधानसभा निर्वाचनमा केबी रोकायको निर्देशनमा भवानी बराल माओवादीलाई भोट माग्नका निम्ति प्रत्येक चर्चमा भाषण गर्दै हिँडेका थिए । अहिले उनी माओवादी निकट महेश्वर दाहालले चलाउने समयवद्ध र झिल्कोमा आवद्ध छन् । लिम्बुवान राज्य घोषणा गर्नुपर्छ भन्ने बराल र हिन्दू अधिराज्य भन्ने रोकायको घाँटी कसरी जोडिएको छ ? स्मरण रहोस् डा. फणिराज पाठकका बहिनी ज्वाइँ चित्रकृष्ण तिवारी दक्षिण कोरियाको सिआइए मिशनसँग आवद्ध युनिफिकेशन चर्चसँग सम्बद्ध छन् । उनी माओवादी निकट भनेर अमेरिकामा गणतान्त्रिक मञ्चका अध्यक्ष पनि बनेका थिए । नेपालमा माओवादीले के गर्यो कसको इशारामा गर्यो यो सबैलाई थाहा भैसकेको छ । माओवादीलाई भारतमा, प्रशिक्षणदेखि व्यवस्थापन गरिदने भारतीय कांग्रेस मात्र नभएर आरएसएस अर्थात राष्ट्रिय स्वयंसेवक संघकै राजनीतिक साखा भाजपा पनि थियो भन्ने कुरा जोकोहीलाई हजम नहुन सक्छ । माओवादीलाई करीव ४ वर्ष कांग्रेस र ६ वर्ष भाजपाले नै ज्वाईं सरह पालेको थियो । अनि रोहिङ्गा नेपालमा थुपार्ने काम पनि भाजपाले गर्दै छ भन्दा धेरैको रुद्रघण्टी चिलाउन सक्छ । तर यथार्थ, कल्पना भन्दा पनि भयावह, रहस्यमय र अपत्यारिलो हुञ्छ, हुनसक्छ ।

भारतको भाजपा (भारतीय जनता पार्टी) अखण्ड भारतको मुद्दा लिएर अघि बढ्दैछ, जसको उद्देश्य नेपाली भूमिलाई भारतमा गाभ्नु हो । र हरेक इण्डियन चुनावमा नेपालमा रहेको मुक्तिनाथ देखि पशुपतिनाथसम्म इण्डियन भूमि बन्ने प्रतिबद्धता दिएर इण्डियन हिन्दुहरूको भोट लिने गर्दछ । भाजपाको पितृ संगठन आरएसएस हो । अर्थात आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) भन्ने संस्थाको राजनीतिक साखा भाजपा हो । आरएसएस भनेको सिआइए मिशनअन्तर्गत पश्चिमाकै गोटी हो । भारतमा आरएसएसको स्थापना अंग्रेजहरूले नै सन् १९२५ मा गरेका थिए । आरएसएसले धर्ममा लगानी गरि, धार्मिक संगठनहरू मार्फत धार्मिक र जातिय दङ्गाहरू भडकाउँछ । मुख्यतः अंग्रेजले १९०६मा मुस्लिम लिग खोलाए पछि, हिन्दु मुस्लिम कित्ताकाट गरि इण्डियमा फुटाउ र राज गरको नयाँ बिउको रूपमा यसको विजारोपण गरिएको थियो । यसको काम मुसलमानसंग दङ्गा–फसाद सृजना गर्ने र अंग्रेजको आज्ञा सिरोधार गर्ने हो ।

आरएसएसका पहिलो प्रमुख हेग्देकरले आत्मकथामा बताए अनुसार गान्धीले जब अंग्रेज विरुद्धको प्रदर्शनी दाण्डी मार्च÷पदयात्रा (दाण्डी सत्याग्रह) को आयोजना गरे, हेग्देकरले सो अंग्रेज विरोधी पदयात्रामा आरएसएसले सहभागी नजनाउने संदेश हरेक सदस्यलाई पठाएको भनि उल्लेख गरेका छन् । १९४० मा ‘अंग्रेज भारत छोड’ सत्याग्रह निकै आक्रामक र बृहद बन्दै गएको थियो । इस्ट भारत कम्पनीको गृह विभागको ऐतिहासिक दस्तावेज अनुसार आरएसएसका शिर्ष नेता संग इस्ट भारत कम्पनीको गृह सचिवालयमा वैठक भएको थियो । जसमा आरएसएसका सदस्यलाई अंग्रेज प्रहरीको सहयोगी (सिभिक गार्ड)को रूपमा परिचालन गर्ने सहमति भएको थियो । यस्तै इण्डियन इतिहासको अन्य अंग्रेज विरोधी आन्दोलनमा आरएसएस अंग्रेजको दास नै रहेको खुल्न आएको छ । नेपालमा इन्डो सिआइए मिशनअन्तर्गत नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङगद कटवाल, विश्लेषक अरुण सुवेदी लगायतको दलाल समूह आरएसएसमा आवद्ध छ । विगतमा सिआइएको मिशनमा जसरी नेपाली सेना र प्रहरीभित्रबाट माओवादी हिंसा चलाइयो त्यसैगरी अहिले आरएसएसको हिंसा मच्चाउन खोजिएको छ । सैनिक जनरल यामबहादुर अधिकारी, कुमार फुदुङ सेनाभित्रैबाट माओवादी हिंसामा सामेल थिए । डा. ऋषिराज बराललगायतका व्यक्तिहरू नेपाल प्रहरीको गुप्तचर विभागबाट संलग्न थिए । आहुतीहरू सेनाको क्रिश्चियन मिशनअन्तर्गत परिचालित छन् ।

आरएसएसले नेपालमा आफ्नो १५० भन्दा धेरै साखा खोलेको छ । र त्यहि साखाहरू मिलेर अभियान एवं नयाँ–नयाँ शैलीमा एकीकृत हुँदै शक्तिको रूपमा उदय गराउने, एकताको केन्द्र गराउने र पार्टी बनाउने गतिविधि चल्दै छ । त्यस्तालाई राष्ट्रवादी अभियान, केन्द्र आदि आवरणमा चलाउने गरिएको छ । नेपालीको धार्मिक मनोविज्ञानलाई कुनै दिन हतियार बनाउन पर्छ भनेर यो रणनीति अपनाइएको दशकौँ बिति सकेको छ । कत्ति नेपालीमा उनिहरेले चाहेको मनोविज्ञान सृजना भएको पनि देख्न सकिन्छ । बरु इण्डियले बचाइदियोस् तर हिन्दु धर्म बचोस् । आरएसएस जस्तै संस्था नेपालमा खुलोस् भन्ने विचार व्यक्त हुन थालेका छन् । यो इण्डियनहरूको सफलताको द्योतक हो । फाल्गुन २, २०७७मा भारतको त्रिपूरा राज्यका मुख्यमन्त्री विप्लव देवले केहि वर्ष अगाडी गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टी (भाजपा) को सरकार गठन गर्ने योजना बताएको स्मरण गर्दै मन्तव्य दिएका थिए । यसलाई संयोग वा मनगणन्ते सोचेमा भूल हुनेछ । हाल नेपालको सुनौलो भविष्यको लागि विदेशी प्रभाव निस्तेज गर्दै देश भित्रै बाट, यहीँको माटोले बनेको एवं यहीँको परिवेशले खोजेको आन्दोलनलाई निर्णायक बनाउने शक्तिको जिम्मेवारीवहन गर्न पर्ने समय छ । तर पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बाह्य कुतत्त्वहरू हालपनि नेपालमा जोड्तोडको साथ नङ्ग्रा गाडेर बसेका छन् । बाह्य शक्तिले अबको आन्दोलनमा नयाँ पात्र सहित घुसपैठ गर्ने कुरामा सचेत हुन जरुरी छ । अहिले भारतमा कट्टर हिन्दुको छवी बनाएका मोदीले सरकार चलाएका छन् । यो आरएसएस कै भाजपा सरकार हो । अलिकति भाजपाले नेपालमा के के गरि सकेको छ ? नेपाल विघटन गराउने कस्ता काममा पश्चिमाको आदेश सिरोधार गरेको छ यसको चर्चा गरौँ ।

दरबार हत्याकाण्ड हुँदा भारतमा यहि आरएसएसको राजनीतिक हाँगा भाजपाको सरकार थियो, जसको प्रधानमन्त्री अटल बिहारी बाजपायी थिए । नेपालमा माओवादीले अरुबेला सानो तिनो आक्रमण गर्ने गथ्र्याे तर दरबार हत्याकाण्ड पछि नै माओवादीले आफ्नो आक्रमण तीव्र गर्दै गएको थियो । हत्याकाण्ड भए लगत्तैको २ वर्ष सम्म युद्ध उत्कर्षमा पुगेको थियो । र भाजपाको सरकार हत्याकाण्डको ३ वर्ष पछि मात्र फेरिएको थियो । दरबार हत्याकाण्डको समयमा दरबारमा तैनाथ सबै सेनाको मृत्युलाई युद्धको लेप लगाउन यो काम भएको थियो भनेर धेरै पुस्तक आइसकेका छन् । बाबुराम (लालध्वज) झोलामा बाइबल बोकेर हिड्ने गर्थे भनेर उनकै निकटका युद्ध कमाण्डरहरूले पनि बोल्दै आएका छन् । जँहा–जँहा माओवादी पुग्यो त्यो ठाउँमा नेपालमा सनातन देखि चलिआएका, हरेक राजाले बचाइदिएका मन्दिर, गुम्बा, माङ्, थान आदि भत्किए । मुन्धुम, वेद, पिटक जलाइए । यहाँसम्मकी त्रिशुल र डम्मरुको लोगो लगाएर सेनाका ब्यारेकभित्र बाइबल बाँडियो । यो सेना के हो भन्ने कुरा यो घटनाले पनि प्रमाणित गर्दछ । नेपालमा माओवादी जनयुद्धले चर्च मिसनमा काम गर्दै थियो भन्ने कुरा माओवादीलाई भारतमा शरण दिने आरएसएसले चाल पाएको थिएन भनेर सोँचेमा बबुरो बनिएला । आरएसएस इसाईहरूको लागि काम गर्ने र मुसलमानसँग दङ्गा गर्ने ढोंगी संस्था हो । यसलाई पुष्टि गर्ने केहि आधार यस प्रकार छन् ।

१) मोदी सरकार आएको एक वर्षमा नै भारत संसारको सबै भन्दा धेरै गौमांश(गाईको मासु) निर्यात गर्ने देश बनेको थियो । हाल पनि कथित हिन्दु गौसेवक मोदीको सरकार चलेको ७ वर्ष पुरा हुँदा पनि गौमांशको संसारमा चौथो निर्यातकर्ता भारत नै छ ।
२) योगी आदित्यनाथ मुख्य मन्त्री रहेको उत्तर प्रदेश भन्ने इण्डियन राज्य भारतको सबै भन्दा धेरै बिफ उत्पादन गर्ने ठाउँ हो ।
३) भारतका वधशालाका ठेक्का पाउने धेरै भाजपा निकटका व्यक्ति रहेका छन् । वधशाला चलाउने सबै भन्दा धेरै मान्छे भाजपाका नै छन् भनेर टाइम्स अफ भारतमा २३ जुलाई सन् २०१८मा छापिएको थियो ।
४) नेपालमा पण्डित मार्ने, किरियापुत्रीलाई दुःख दिने, गाई काटेर आन्द्रा मन्दिरमा टाँग्ने माओवादीलाई संरक्षण दिने, ५ तारे होटेलमा ज्वाईं जसरी पाल्ने अधिकांश समयमा यहि भाजपाको सरकार थियो ।
५) नेपालमा दरबार हत्याकाण्ड जस्तो घटना घटाउन इण्डियन मिलेमतो नभई पश्चिमाको मात्र ल्याकतले भ्याउन्न यो कुरा सबैले बुझेको छ । दरबार हत्याकाण्डको समयमा रअका पूर्व प्रमुख पीके हर्मिज थाराकन नेपाली सेनाका कर्णेल दिलीप समशेर जबराको विशालनगरको घरमा बसेको कुरा पत्रकार शरोजराज अधिकारीले जासुसीको जालोमा सार्वजनिक गरेका छन् । रअ भनेको इण्डियन जासुसी संस्था हो र यो प्रधानमन्त्रीको मातहातमा हुन्छ । भाजपा सरकारले आदेश नदिई पीके हर्मिज नेपाल आएर बस्ने कुरा हुन्न । र रअको पनि भूमिका बिना त्यो घटना पक्कै घटेन । यसबाट राजा वीरेन्द्रको वंश विनाश गर्न सेना संलग्न थियो भन्ने कुरा आफैंमा पुष्टि हुन्छ । दरबार हत्याकाण्ड गराउने सेनाभित्रबाट रुकमाङगद कटवाललाई अगाडि सारेर आरएसएस क्रियाशील रहेको छ । यो बाइबलीय संविधानमा उसलाई पायक पर्ने मधेश र मनपरी नागरिकताको प्रावधान उल्लेख नभएको भनेर नाकाबन्दी गर्ने यहि भाजपा आरएसएस सरकार हो । कञ्चनपुरमा गोविन्द गौतमलाई गोलि हानिएको यहि भाजपा आरएसएस सरकारको पालामा हो । लिपुलेकलाई इण्डियन नक्सामा राख्ने यहि भाजपा आरएसएस सरकार हो । तुइन काटेर जय सिंह धामीको हत्या गर्ने यहि भाजपा आरएसएस सरकार हो ।

पश्चिमा र इण्डियनको संयुक्त चाल
नेपालमा जातजातिको नाममा खुलेका विभिन्न संस्थामा युरेपेली क्रिस्चियन मिसनको लगानी रहेको सबैलाई अवगत नै छ । उनीहरूले नेपालमा जातीय दङ्गा भड्काउने योजना पनि राखेका छन् । र अहिले त्यो कामलाई वौद्धिक तहबाट नै अघि बढाउन केहि वर्ष सम्म पहाडीलाई काट्ने हो लखेट्ने हो भन्ने इण्डियन बिहारी नागरिक भनेर धेरैले बताउने गरेका राजेन्द्र महतो एकाएक छिरिङ्ग तमाङ्ग संग मिलेर नेपाल टुक्राउने, जात–जाति भड्काउने, नेपाली भाषा बोल्ने विरुद्ध सबैलाई उचाल्ने काममा लागि परेका छन् । हिमाली क्षेत्र र तराई क्षेत्रमा उनीहरूको गतिविधि आक्रमक ढङ्गमा अघि बढ्दै छ । यो कोणबाट नेपालको सबै जात जातिलाई अलग–थलग पार्ने र पालैपालो सबैलाई इसाई बनाउने रणनीति चल्दै छ । यसबारे धेरै नेपाली सजक हुँदै गएकाले अब भारत जस्तै मुसलमान र हिन्दुको दङ्गा गराउने गरि काम अघि बढ्ने छ । यसमा दङ्गामा लड्ने मानिसलाई तालिम दिने गरि आरएसएस परिचालन गरिने छ । यसरी नेपालीको मनोविज्ञानमा जात जातिको दङ्गामा लाठि–डण्डा तालिम दिने एवं मुसलमान विरुद्ध पनि दङ्गा गराएर हिन्दु धर्म बचाइदिने एक मात्र आरएसएस हो भन्ने अवस्था सृजना गरिने छ । र इसाईकरणबाट सबैको ध्यान पनि अन्तै मोडिने छ । सबैले स्मरण गर्न पर्ने कुरा के छ भने महतो र मोदीको नाभी जोडिएको कुरा नाकावन्दी लगाउँदा भारतले होइन हामीले लगाएको भनेर महतो बोल्नु र बोर्डर पारि बाट नेपाल तिर ढुंगा हान्न दिनुले पनि इनिहरूको सम्बन्ध पुष्टि गर्छ । यसरी हिन्दुवादी, राजावादीमा पनि इण्डियन घुसपैठ र जातिवादी देश टुक्राउने एजेन्डामा पनि इण्डियनका प्यादा हुने कुरा यी सबै घटनाले सिद्ध गर्छ ।

आरएसएस र मुसलमान दङ्गा
माथि उल्लेख गरि सकेका छौँ । आरएसएसको उत्पत्ति नै मुसलमान र हिन्दु बीच टकराव उत्पन्न गर्ने र पश्चिमा/इसाईको गतिविधिमा सहयोग गर्नु हो । अर्थात मुसलमान दङ्गा र आरएसएस एउटै सिक्काका दुईटा पाटा हुन् । आरएसएसको नेपालमा बलियो संगठन छ । अभियान, पार्टी, व्यापारको ठुलो संजाल छ । आरएसएसको सबैभन्दा धेरै सदस्य नेपालको हालको प्रदेश नम्बर २ तराईमा छन् । अर्को संयोग ? विभिन्न देशबाट मुसलमान झिकाएर नेपाली बनाएर प्रदेश नम्बर २ मै थुपारिएको छ । आरएसएसको गतिविधि भनेकै हिन्दु मुसलमान बीच दङ्गा हो । यसको लागि मुसलमानको जनसंख्या पनि दङ्गा भट्काउन सक्ने संख्यामा चाहिञ्छ । यसकै सहजीकरणको लागि, नेपाल मुस्लिम आयोग पनि गठन भयो । आयोगको हालको अध्यक्ष नै नागरिकता विवाद भएको मान्छे छन् । आरएसएसकै राजनीतिक पखेटा भाजपाको सरकार भएको इन्डियाबाट तिनवटा देशको सिमा कट्ने गरी रोहिङ्गा नेपालसम्म ल्याइयो, अफगानिस्तानबाट पनि झिकाइएको छ भन्ने कुरा सुन्नमा आएको छ । नेपालको रैथाने मुसलमान सर्वैकत्त्व भाव सहित अतिक्रमण र जिहादको नाममा हुने हिंशा जिती सकेका छन् । आरएसएसले चाहेको दङ्गा–फसादको लागि नेपालमा मुस्लिम थुपार्ने काम भारतकै मिलेमतोमा चल्दै छ । नेपालमा सयौँको संख्यामा बर्मा हुँदै, बंगलादेश हुँदै, भारत हुँदै रोहिङ्गा आइ पुग्ने चाँजो–पाँजो कसरी मिल्छ ? नेपालमा रोहिङ्गा भित्राउन सुरु भएको आजभन्दा ३ वर्ष अघि देखि हो । नेपालको नाकामा चेक जाँचको जिम्मा प्रहरीको हुञ्छ । र प्रहरी गृह मन्त्रालयको मातहातमा हुञ्छ । जुन बेला जनार्दन शर्मा गृह मन्त्रि थिए, उही बेलाबाट रोहिङ्गा नेपाल पस्न सुरु भएको थियो । त्यस लगत्तै गृह मन्त्रि बादल बने, त्यो बेला पनि धेरै रोहिङ्गा नेपाल पसे । यो सबैलाई माओवादीले आरएसएसको नुनको सोझो गरेको भनेर बुझ्न सकिञ्छ । माओवादीकै योङ्ग क्रिस्चियन लिग वाईसीएल चलाउने मान्छेहरूलाई अहिले आरएसएसले नै पैसा दिएर नेपालमा राष्ट्रवादी अभियान पनि चलाउन खटाएको छ ।

निष्कर्ष
राजसंस्थालाई सदैव दुश्मन देख्ने भारतले अहिले नेपालीहरूमा राजसंस्था प्रतिको आस्था झन् प्रगाढ बनेको देखेर यसमा खेल्ने रणनीति बुनेको छ । प्राय सबै राजसंस्थाको नाममा खुलेका अभियानमा आरएसएसले आफ्नो मान्छे घुसाएको छ र घुसाउने प्रयत्न गर्दै छ । यसको पछाडीको उद्देश्य अबको आन्दोलनले जन्म दिने नेतृत्व आरएसएसकै मान्छे होउस् भन्ने हो । त्यसो गर्न सकेमा राजसंस्थालाई फेरी घेरावन्दीमा राख्ने, बद्नाम गर्ने र आफैले पालेका अर्का थरीलाई गणतन्त्रको लागि उफार्ने र राजसंस्थाको अध्याय सदाको लागि बन्द गर्ने उनीहरूको कुनियत पुरा हुनेछ । त्यसो हुन नसकेमा राजालाई नेपाल बाट लखेटेर भारतमा दलाई लामा जसरि हिन्दु सम्राटको रूपमा राख्ने कार्य हुन सक्छ । नेपालको सेना प्रहरी र सशस्त्रले एकै पटक देशको लागि कदम चाल्न नसकेमा देशमा युरेपेली लगानीमा चलेका आदिवासी ब्यानरमा खुलेका संस्थाले मान्छे उफार्ने छन् । बाहुनको राजा चहिएन, हिन्दुको राजा चहिएन भन्ने नारा गुञ्जिने छ । महतो जस्ता पात्रहरूले आफ्नो आफ्नो नयाँ राष्ट्र बनाउने भनेर अर्को देश टुक्राउने उद्देश्य सहित उफ्रिने छन् । यसमा इण्डियन र पश्चिमाको लगानी हुनेछ । त्यो रोक्न बेलैमा सुरक्षा निकायको ध्यान पुगोस् ।