Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेको बताइएको छ । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको भन्दै नवप्रवेशी नेताहरूलाई धन्यवाद दिएका थिए । उनले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ ।
उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरूको उपस्थिति थियो ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल