Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी फाँडिदै भाँडिदै

सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसक्ने आफू भए ठिक पार्टीका अरु मन्त्री हुँदा रिश गर्ने दुष्ट कसरी माओवादी हुन्छन् ? काँग्रेस भन्दा पत्रु एमाले भन्दा पंगु बन्न परे पनि तयार नेताहरूले अहिले अध्यक्ष प्रचण्ड, उपाध्यक्ष प्रकाशको सकृयता रुचाएका छैनन् । आफै भए ठिक अरुले अबसर पाउनै हुँदैन भन्ने दुष्ट चरित्र जो पद विना टिक्न सक्दैन त्यस्तावाट केन्द्रीय समिति बैठकमा कस्ता विचार आए उनीहरूको त्यो प्रस्तुतिले सबैलाई दंग बनायो ।
संचारमन्त्री माओवादीको छ । रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभीजन, रासस जस्ता संस्थामा काँग्रेसका कार्यकारी प्रमुख छन् । सरकारमा गठवन्धन काँग्रेससँग छ । काँग्रेसका मन्त्रीहरूको कामको प्रचार बढी पनि भएको छैन् । काँग्रेस काम गर्दैन । कमिशन दलाल विचौलियाको काममा काँग्रेस एमालेको पछि पछि छ । माओवादीका मन्त्रीले नीतिगत सुधार गरेका छन् । संचारमा काम देखिँदैन् । काँग्रेसले टेलिभीजन, गोरखापत्रमा भ्रष्टाचार चम्काएकै छन् । सञ्चारमन्त्रीले खवरदारी गरे पनि लुटने काम हटेको छैन् । संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रीलाई गाउँ पालिका र नगर पालिकाका कर्मचारी कार्यकारी सरुवामै हैरान छन् । राजनीति दवदवाले मन्त्रालयले खटाएका कार्यकारी को कस्तो भनेर छानविन गर्ने दरिद्र मानसिकता एमाले र काँग्रेसमा छ । कर्मचारी राष्ट्र सेवक छैन् । स्थानीय तहमा काँग्रेस र एमाले नै धेरै छन् । काँग्रेस र एमालेको योजना अनुसार चल्ने सरकारलाई असहयोग गर्ने भावना कर्मचारीमा छ । समयले ३२ सीटे पार्टीलाई सरकारको नेतृत्वमा पु¥याउँदा एमालेका केपी ओलीलाई डाहा छ । सरकारले गरेका राम्रा कामको नेताहरू नै प्रचारमा असफल छन् । प्रेस सेन्टर नामको संस्थाले सरकारका राम्रा कामको प्रचार गर्न पनि सकेन । पत्रकारलाई पत्रकारको रूपमा क्रियाशील पनि गराएन् । सेन्टरमा अझै जनयुद्धको धङ्धङी छ । जो जनयूद्धमा हिड्यो त्यो मात्र पत्रकार अवसर उसैका लागि मात्र दिलाउँदाको फलबाट यो सरकारका मन्त्रीले गरेका कामको प्रचार नभएको हो । जो नेता छ उसको प्रचार गर्ने संस्था नै छैन् । पत्रकारिता भनेको छ त्यसको मर्म र पिडाबाट प्रेस सेन्टर टाढा छ । त्यस्तै स्थिती नेताको छ ।
मधेसमा माओवादी कस्ता छन् भन्ने कुरा पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी भएर एमालेमा प्रवेश गर्नुले छलँर्ग हुन्छ । माओवादीका मधेसका नेताको ल्यागत त्यही हो । मातृका यादव जस्ता भौजाहासँग प्रभू साह टिकेनन् भने सचिव गणेश शाह, उपमहासचिव गिरिराजमणि पोखरेलहरूले संगठन बढाउँछन कसरी ? सरकारले राम्रा काम गरेको छ । गृह तथा उपप्रम नारायणकाजी श्रेष्ठको चट्टानी अडानले भ्रष्टहरू थन्केका हुन् । तर उनलाई तीनले सघाएका छैनन् । जो सुन काण्ड राजस्व लुट काण्डसँग जोडिएका छन् । अध्यक्षलाई तीनै धम्काउँछन मौका पाउँदा भाई भारदार छोरा छोरी भाई पिए राखेर लुटेकै थिए । देवेन्द्र पौडेल, दिनानाथ शर्मा, जर्नादन शर्मा, वर्षमान पून नमूना हुन् । यीनैले प्रमलाई छोरी पिए राख्यो ज्वाई मन्त्री बनायो उपप्रमले भतिजो पिए बनायो भनेका छन् । त्यहाँ सधै सुविधा लिने असन्तोषीहरू कति छन ? माओवादी केन्द्र भित्रको भाँडभैलो अव चम्कन्छ । यो भाँडभैलोमा पार्टी पार्टीका रूपमा रहन्छ कि रहँदैन शंका छ । किनकी डा. वावुराम र नेत्र विक्रम चन्दको एकताका कुरा प्रचारमा छन् । तर सुविधा भोगी सुख सयलमा रमाएको नेतृत्वले कार्यकर्ता त चिन्दैन भने जनताको दुख पिडा कसरी चिन्छ ? अहिले देशले माओवादीबाटै व्यवस्था वलियो बनाउन चाहेको छ । भोकमरीको स्थिति यही बेला आउँदैछ । तर सरकार सुन तस्करको जह्रो खोज्दै छ । सरकारको त्यो कामले भ्रष्टाचार शिरोमणीहरूलाई तर्सिएका छन् । नीतिगत भ्रष्टाचारले देशको १७ खर्व ऋण चम्कायो माओवादी काँग्रेसको गठवन्धनले संघियता गणतन्त्र, समावेशीताको वलियो आधार बनाएको छ । काँग्रेसले घुडा टेकेन भने भ्रष्टहरूको दोहोलो काडन यो सरकार सफल हुनेछ । माओवादीले यो बैठकबाट नेताहरूको कार्यविभाजन पनि हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल सातै प्रदेशका सात वडामा उपस्थित हुने घोषणाले माओवादीप्रतिको लहरलाई उठाउला त ? प्रश्न उठेकै छ ।


सम्बन्धित समाचार