Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी भित्र प्रचण्डलाई गुटकै चुनौती

माओवादीमा अध्यक्ष प्रचण्ड पार्टीभित्र सर्वमान्य नेता मानिन्छन् । प्रचण्डको विकल्पमा अहिलेसम्म कोही देखिएका छैन । तर पार्टीभित्र गुटबन्दी गरेको आरोपबाट भने प्रचण्ड मुक्त छैनन् । यस्तै प्रचण्ड माओवादीको मूल नेतृत्व भए पनि नेताहरूलाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने गरेको आरोपबाट पनि मुक्त हुन सकेका छैनन् ।

यसबाहेक माओवादीमा नारायणकाजी गुट, जर्नादन गुट, वर्षमान गुट, महरा गुट, पूर्व बादल समूह, मातृका गुट अस्तित्वमा रहेको बताइन्छ । यीबाहेक माओवादीभित्र शक्ति बस्नेत, पूर्वबाबुराम समूह, नेकपा संयुक्त लगायतका आ–आफ्नै स–साना उपगुटहरू पनि सक्रिय रहेको नेताहरू बताउँछन् ।

२०६३ को शान्ति सम्झौताबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी गुटबन्दीकै कारण १८ वर्षमा झन्डै आधा दर्जन टुक्रामा विभाजित भइसकेको छ


सम्बन्धित समाचार