Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीका क–कसको पद धरापमा ?

काठमाडौं । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताए पनि दुवै पार्टी पूर्ववत अवस्थामा सग्लै भने हुन सकेन । एमालेभित्रको विद्रोह फुटको संघारमा पुगेको छ भने माओवादीको एउटा टुक्रा केपी शर्मा ओली नेतृत्वमै टाँसिदा माओवादीलाई ठूलै घाटा लागेको छ ।

पार्टीको निर्देशन नमानेका आफ्ना सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।

पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।