Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् । उनले अहिले माओवादीको ढाकर बोकेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे । त्यस्तै ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालिन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए । ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दावी गरे । ओलीले एमालेसंग मुलुक बनाउने सहि विचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दावी गरे । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लागि पनि एमाले हार्न नमिल्ने उल्लेख गरे । अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल