Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीको निश्कर्ष पाँच दलीय गठबन्धन मिलेर चुनाव नलडे एमालेले जित्छ

नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताउनु भयो । खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा मोर्चा बनाएर चुनाव लड्ने बताउनु भयो ।
पूर्वसांसद रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे एमालेले फेरि चुनाव जित्ने बताउनु भयो । उहाँले एमालेले जित्नु प्रतिगमन हुने जिकिर गर्नुभयो । यो गठबन्धनले आगामी निर्वाचन समयमा गराउँछ । त्यो निर्वाचनमा यो गठबन्धनले मोर्चा बनाएर चुनावको फेस गर्छ, राईले भन्नुभयो, त्यो नगर्ने हो भने प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्छ । राज्यको खर्चको बचत, जनताको समयको बचतका लागि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्न पार्टीका तर्फबाट सुझाव दिइएको उहाँले बताउनु भयो ।
राईले खोटाङमा पनि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समावजादी र नेकपा एकीकृत समाजवादी एउटै मोर्चा बनाएर निर्वाचनमा जाने उल्लेख गर्नुभयो । ‘पश्चगामी शक्तिविहीन खोटाङ बनाउने हाम्रो प्रतिबद्धता हो । मोर्चाले एउटै चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ भन्ने प्रस्ताव छ । होइन एउटै चुनाव चिन्हबाट सम्भव हुँदैन भने पनि गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने कुरा प्रष्ट छ,’ राईले भन्नुभयो, केही समयपछि गठबन्धनका जिम्मेवार नेताको बैठक बसेर आगामी निर्वाचनमा एक भएर निर्वाचनमा जाने प्रतिबद्धता गर्दै धारणा सार्वजनिक गर्ने छौं । जिल्लाको विकास निर्माणमा साझा धारणा निर्माणको कोसिस गरिरहेका छौं । स्थानीय, प्रदेश र संघीय सरकारले के गर्नुपर्छ भन्ने विषयमा साझा धारणा तय गर्नेछौं । त्यही साझा धारणा आगामी निर्वाचनको स्थानीय घोषणा पत्र हुने छन्